Logo
१३ बैशाख २०८१, बिहीबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो कला संस्कृतीको जगेर्ना गर्न साकेला पर्व मनाउने

न्यूयोर्क ।   आफ्नो कला संस्कृतीको जगेर्ना गर्ने अभिप्रायले के आर एस ले यो बर्ष उधौली साकेला पर्ब क्विन्स बृज पार्कमा आगामी जुन महिनाको ५ तारिख आइतबार गर्ने निर्णय गरेको छ । 
सम्पुर्ण किरात राइ जातीहरुको सम्बृद्धि, उन्नती र प्रगतीको हितमा काम गर्दै त्यही संस्कारलाई निरन्तर्ता दिदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा कार्यक्रममा बोर्ड अफ डिरेक्टर प्रताप राइले बताउनु भयो । 
  किरात राइहरुको आफ्नो कला संस्कृती साथै भाइ चारा बढाउने उदेश्यले २००३ मा अमेरिकामा स्थापना भएको किरात राइ सोसाइटी अमेरिकाले आफ्नो बिभिन्न गतिबिधी सन्चालन गर्दै, हरेक साल २ पटक साकेला उभौली र उधौली पर्बको रुपमा अमेरिकामा मनाउदै आएको छ । 
उभौली पर्ब बैसाख पुर्णे देखी एक महिना सम्म र उघौली पर्ब पनि मङ्सिर पुर्णिमा देखी एक महिना सम्म मनाउने गरिन्छ ।   किरात राइ सोसाइटि अमेरिकाले भर्खरै २०१६ मे २१ र २२ तारिख कोलोराडो मा भएको संस्थाको केन्द्रिय महाधिबेशन द्वारा नयाँ नेतृत्व चयन गरेको छ । न्यूयोर्क स्थित उक्त कार्यक्रममा चुलो घर बनाउने कुरा पनि उल्लेख गरिए को थियो ।
राइ संस्कृतीमा कन्यादान दिदा र बुहारी भित्राउदा चुलो देखाउने परम्परा रही आएको छ । त्यस्का निमित्त नयाँ कार्य समिती ले चुलो घर निर्माण मा प्रकृया हरु थली सकेरको छ भने देखी दाह सस्कार को लागी पनि कार्यहरु जान कारीहरु पत्रकार सम्मेलनमा गरिएको थियो । 

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्