Logo
१२ बैशाख २०८१, बुधबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईजीपीका लागि नेपाल प्रहरीमा अहिल्यैदेखि यस्तो रडाको !

काठमाडौं । अबको आठ महिनापछि अर्थात् २०७३ फागुन २ गतेपछि मात्र आईजीपी उपेन्द्रकान्त अर्याल औपचारिक रूपमा घर जाने भए पनि उक्त पदमा बाजी मार्न पाइप लाइनका डीआईजीबीच अहिलेबाटै अस्वस्थ प्रतिस्पर्धामा भिडेका छन् । 
अहिलेका एआईजीहरू त्यसअघि नै बिदा भइसक्ने भएकाले यसपटक डीआईजीहरूमध्येबाट सीधै आईजी बन्नेछन् । यसो हुादा अहिलेका चार डीआईजीहरू उक्त पद हत्याउन खुट्टोमात्र उचालेकाछैनन् , बिभिन्न शक्ती केन्द्र धाइरहेका छन् । 
भावी आईजीका रूपमा हेरिएका नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीबीच आठ महिनाअघिबाटै एकअर्काविरुद्ध पोलापोल गर्ने र प्रचारमा रमाउन खोज्ने रोचक प्रतिस्पर्धा चले पछि यस्तो कुरा प्रदाफास भएको हो । 
अहिले सिलवाल केन्द्रीय अनुसन्धान ब्युरोमा, अर्याल ट्राफिक महाशाखामा, चन्द लागूऔषध नियन्त्रण ब्युरोमा र भण्डारी विशेष ब्युरोमा कार्यरत छन् । आ–आफ्ना क्षेत्रमा चारैजना डीआईजीको राम्रै पकड रहे पनि तुलनात्मक रूपमा सिलवाल , अर्याल र चन्दको धन्दा नै आइजीपी बन्ने तिर छ । 
अहिले चारैजना डीआईजीबीच पत्रकार भेटघाड गर्ने होडबाजी नै चलेको छ । त्यसमध्ये सीआईबी, ट्राफिक महाशाखा र लागूऔषध नियन्त्रण ब्युरोले विषयअनुसार बेलाबेलामा पत्रकार सम्मेलन गर्नु स्वाभाविकै भए पनि एक्सपोज हुनै नपाउने र गुप्त तवरले अनुसन्धान जारी राख्नुपर्ने विशेष ब्युरोले समेत पत्रकार सम्मेलन गर्ने प्रतिस्पर्धामा आफूलाई अग्रणी राखेको देखिन्छ ।
डीआईजी भण्डारी भारतीय नक्कली नोट फेला पारेको प्रकरण भन्दै तीनचोटि आफैं पत्रकार सम्मेलनमा उपस्थित भइसकेका छन् भने ट्राफिक महाशाखा र लागूऔषध नियन्त्रण ब्युरोबाट पनि हल्काफुल्का कामहरू भइरहेका छन् । 
सिलवाल सीआईबीको प्रमुख भएदेखि भने इन्टरपोलको सहायताबाट युरोपबाट मानिस ल्याउने, अपहरणमा परेका उद्योगपति सुरेश केडियालाई भारतबाट सकुशल नेपाल ल्याउनेलगायतका महत्त्वपूर्ण अनुसन्धानमा सफलता प्राप्त गरिसकेका छन् । 
पाइलटहरूको नक्कली सर्टिफिकेट तथा २० वर्षअघि भएको र अहिलेसम्म पत्ता लाग्न नसकेको एक रहस्यमय हत्याको समेत तथ्य पत्ता लगाइसकेका छन् । त्यसो त नौ महिनाअघि नै आईजीपी उपेन्द्रकान्त अर्याललाई हटाएर सुरेन्द्रबहादुर शाहलाई आईजीपी बनाउने सरकारको भित्री तयारी पनि भित्रभित्रै तुहिएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्