Logo
८ बैशाख २०८१, शनिबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीको कुलेश्वरबाट समातियो जङ्गली चितुवा

काठमाडौं । बुधबार बिहान ७ बजे राजधानीको कुलेश्वर, गणेशस्थानस्थित रामजी श्रेष्ठको घरमा पसेको चितुवा नियन्त्रणमा लिइएको छ ।

उक्त चितुवालाई शिवपुरीको जंगलको तारेभिर क्षेत्रमा लगेर छोडिदैछ । बिहान एक्कासी घरमा चितुवा देखा परेपछि त्यहाँका स्थानीयहरू त्रसीत भएका थिए ।

चितुवा पसेको खबर पाए लगत्तै त्यहाँ प्रहरीको टोली पुगेको थियो । सदर चिँडियाखाना र निकुन्ज विभागका कर्मचारीको टोलीले चितुवालाई ठूलो प्रयासपछि नियन्त्रणमा लिने सफल भएको हो ।

डार्ट गरेर नियन्त्रणमा लिइएको चितुवालाई शिवपुरीको ज‌ंगलमा लगिएको पशु चिकित्सक राधाकृष्ण घर्तीले बताए । उनको अनुसार यो भाले चितुवा हो ।

राजधानीको घनावस्ती भित्र केही समय यता चितुवा देखिन थालेको छ । गत पुस महिनामा नयाँ बानेश्वरको एक घरमा चितुवा फेला परेको थियो । यस्तै माग महिनामा किर्तिपुरस्थित एक घरमा पनि चितुवा फेला परेको थियो ।

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्