Logo
७ बैशाख २०८१, शुक्रबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनिषा मृत्यु प्रकरणः प्रहरी भन्छन – अनुसन्धान थप जटिल बन्यो !

नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी ( आशिष ) को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बनेको प्रहरीले बताएको हो । 
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ । पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परीक्षण प्रतिवेदनअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए । उनले भने, “आशिषको पोलिग्राम रिपोर्टअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिन्छ” यद्यपि थप अनुसन्धान जारी छ ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण गरेको प्रतिवेदनअनुसार मनिषाको मृत्युको मुख्य करण घाटीमा दबाब परेको भएको प्रतिवेदनमा उल्लेख छ । यता विभिन्न सञ्चारमाध्यम र आम जनमानसको यो घटनाप्रति बढी रुपमा चासो देखिएको हालसम्म भएको अनुसन्धानबारे पत्रकार सम्मेलन आयोजना गरी हालसम्मको अनुसन्धानत्मक अवस्थाबारे जानकारी दिइएको लुम्बिनी अञ्चल कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर केसीले बताए ।

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्