Logo
११ बैशाख २०८१, मंगलबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. लाभको नयाँ गीत: मलाई रुवायो भने, नेपाल आमा रुन्छिन ! हेर्नुस भिडियो:

काठमाडौं  । पछिल्लो पटक राजधानी केन्द्रित मधेशी–जनजाती आन्दोलनमा’धोती भन्न कहाँ पाइन्छ’बोलको गित गाएर निकै चर्चामा आएका डा. अभाष लाभको फेरी नयाँ गित आएको छ । त्यसो त  करिब ३० वर्षदेखि निरन्तर संगीत क्षेत्रमा लागेका डा.आभाष लाभ लागेका छन । मैथिलीमा सबभन्दा अधिक गिती एल्बम निकालेका उनलाई राज्यले यतीबेलासम्म पनि चिन्हेको थिएन ।
संघीय गठबन्धनले गरेको नाचगानसहितको विरोध कार्यक्रममा उनले गीत गाएपछि काठमाडौंका मिडियाहरुले डा.लाभलाई निकै स्थान दियो । जसकारण उनले नेपालभरी समाजिक सदभाव कायम गर्न कार्यक्रम गर्ने आट गरेका छन् ।
मंगलबार काठमाडौंका गैरमधेशी समुदायलाई आफ्नो प्रस्तुती सुनाउन र पीडा बुझाउन बतिसपुतलिस्थित सिल्पी थिएटरमा कार्यक्रम गरेका थिए । तर दुर्भाग्यबस जुन समुदायलाई केन्द्र बनाएर कार्यक्रम आयोजन गरिएको थियो त्यही समुदायका व्यक्तिहरु अनुपस्थि भएपछि प्राज्ञ रमेश रञ्जन झाले दुःख व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रस्तुतीसँगै आफ्ना विचार राखेका डा।लाभले देश टुक्राउन अंगीकृत नागरिकताबाला नै नचाहिने बताए । आन्दोलनका मागहरु बारे प्रष्ट पार्दै डा.लाभले डा.सीके राउत बंशज नागरिक नै भएपनि मधेश देश बनाउने पक्षमा लागेको विषयमा अध्ययन गर्न आग्रह गरे ।
उनले विभेद रहे विद्रोह हुने र विद्रोहले विखण्डन निमत्याउने बताउँदै सबैलाई समान अधिकार दिएर देश बनाउनु पर्ने तर्क गरे । उक्त कार्यक्रमको सुरुवात डा.लाभले विद्यापतिको जय जय भैरवीबाट गर्दै मैथिली, भोजपुरी, हिन्दी, नेवारी र नेपाली भाषाका गीतहरु गाएका थिए । 
हुलाकी न्यूजमा उल्लेख समाचार अनुसार उनले मधेशीहरुलाई गाली नगर्न आग्रह गर्दै भरखरै तयार पारेको गीत ‘मलाई गाली नगर दाजु’ पनि गाए ।
हेर्नुस भिडियो: 

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्