Logo
७ बैशाख २०८१, शुक्रबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन एमालेभित्रै यसरी हुदैछ खेल !

काठमाडौं । जुन उद्देश्यले प्रधानमन्त्री बनेका हु्न त्यो उद्देश्य पुरा नगरी पार्टीको बदनाम गरेको भन्दै ओली आफै अध्यक्ष रहेको एमालेमा पनि उनी विरुद्ध मोर्चावन्दी सुरु भएको छ । ओलीले सरकार र पार्टीमा हैकमवाद लादेको नेता माधव नेपाल, सरकारमा स्थान नपाएका बामदेव गौतम र पूर्व अध्यक्ष झलनाथ खनाल असन्तुष्ट छन् ।
सत्तारुढ दलका नेताहरुले नै नयाँ बनेको संविधानलाई संस्थागत गर्ने कानुनहरु निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताउन थालेका हुन । मुख्य सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय सहमतिको सरकार निर्माण भएमा आफु त्यसको नेतृत्व लिन तयार रहेको बताए ।

उनको यो भनाईले बर्तमान सरकारले आफ्नो कार्यभार पुरा गर्न नसकेको देखाउँछ । गत बैशाखमा ढल्ने संघारमा पुगेको  सरकार माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आर्थिक बर्ष २०७३/०७४को बजेट आएपछि प्रधानमन्त्री ओलीले आफै बाटो खोलिदिने भद्र सहमति भएपछि केहि दिनका लागि रोकिएको थियो । यो विषय सार्वजनिक रुपमा उपस्थित रहेका एमालेका निर्वतमान अध्यक्ष नेता खनालले समेत स्वीकारेका छन् । बजेट संसदमा पेश गरिएपछि ओली नेतृत्वको सरकार परिवर्तन गर्ने विषय पुर्न चर्चामा आएको छ । दाहालसंग सरकार बचाउन भएको ओलीले लिखित र केही अलिखित सम्झौता गरेका थिए ।

त्यही सम्झौता अनुरुप अब ओलीले सरकारको नेतृत्व छाडिदिनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रले आवाज उठाउन थालेको छ । उसको त्यो आवाजमा कांग्रेस, एमालेकै असन्तुष्ट पक्ष र मधेसवादी दलले साथ दिएका छन् । सहमति अनु्रुप दाहालले ओलीलाई आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्दा ओलीले भने सहमति जनाएनन् । ओलीले नमानेमा आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर ओलीलाई अल्पमतमा पारेर भएपनि सरकार परिवर्तन गर्ने पक्षमा लागिपरेको लाजिम्पाट स्रोतले बताए ।

नेता खनालले माओवादीसँग बजेट पछि सरकार परिवर्तन गर्ने सहमति भएको बताए । एमालेका असन्तुष्ट नेतासँग माओवाद केन्द्रका अध्यक्ष दाहालले लबिङ थालिसकेका छन् । ओलीले सिधै सहयोग गर्न नमाने पार्टीभित्रबाट र बाहिरबाट दुईतर्फी दबाब दिएर राजीनामा दिन बाध्य पार्ने रणनीति दाहालको रहेको स्रोतहरु बताउछन् ।

ओलीले सरकारमा एकलौटी निर्णय लिनु, अन्य नेतालाई पेलेर जानु, सरकारमा आफ्नै पकटका मान्छेलाई मन्त्री बनाउनु, आफ्नै गुटकालाई सरकारका विभिन्न तह तप्कामा पु¥याउन थालेपति पार्टीभित्रै असन्तुष्टि चुलिएको हो । संसदमा प्रमुख प्रतिपक्षी र सबैभनदा ठुलो दल कांग्रेस पनि सरकारले जनताका आवस्यकता परिपूर्ति गर्न नसकेको र संविधान कार्यान्वयनको कार्यभार पनि पुरा नगरेको भन्दै सरकार विरुद्ध आन्दोलन सुरु गरिसकेको छ ।

सरकार परिवर्तनको पहिलो प्रयास असफल भएपछि तनाबमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा कतिवेला दाहालले कांग्रेसलाई सरकार गठनका लागि आग्रह गर्छन् भनेर कुरेर वसिरहेका छन् । ओलीले नमानेमा कांग्रेससँग सहमति गरेर भएपनि सरकारमा जाने पक्षमा माओवादी रहेको नेताहरुले बताउदै आएका छन् । यता माओवादीले आफ्नो सरकार परिवर्तन गर्न कसरत थालेपछि रुष्ट रहेका ओलीले कांग्रेससँग सहमति गर्दै माओवादीलाई जिल्ल पार्न सक्ने समभावना रहेपनि त्यो सफल नहुने विश्लेसकहरु बताउछन् ।

तर, अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा राष्ट्रिय सहमतिको नभई बहुमतिय सरकार नै बन्ने सम्भावना प्रवल देखिन्छ । त्यसका लागि सबैभन्दा बलियो सहमति कांग्रेस र माओवादी केन्द्रसंग हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्