Logo
१२ बैशाख २०८१, बुधबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण अड्कियो मोर्चा र गठबन्धनसँग सरकारको वार्ता !

काठमाडौं । सरकारसँग कसले वार्ता गर्ने भन्ने विषयमा मोर्चा र गठबन्धनमा तीव्र विवाद कायम नै रहेको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायत नेताहरुले आन्दोलन मोर्चाले गरेको कारण वार्ता पनि मोर्चासँगै गर्नुपर्ने धारणा राख्दै आएका छन् । मधेस आन्दोलनको श्रेय गठबन्धनले लिन खोजेको उनीहरुको तर्क छ । तर, संघीय गठबन्धन बनाउन भूमिका खेलेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु भने मोर्चा गठबन्धनको हिस्सा भएको कारण अबको वार्ता गठबन्धनसँग हुनुपर्ने तर्क गर्छन् ।

यसबारे मोर्चाका नेताहरुले सरकारलाई जानकारी पनि गराइसकेका छन् । त्यही भएर वार्ताका लागि तयार भए पनि मोर्चाका नेताहरु वार्तामा बस्न सकिरहेका छैनन् । सरकारले वार्ताका लागि पत्र संघीय लोकतान्त्रिक मधेसी मोर्चाको नाममा पठाएको छ ।

यता, सञ्चारमन्त्री शेरधन राईले सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच हुने भनिएको वार्ता मधेसी मोर्चा र संघीय गठबन्धनबीचमै देखिएको विवाद कारण अड्किएको बताएका छन् । सरकारले वार्ताका लागि आह्वान गर्दै पत्र पठाइसकेको जानकारी गराउँदै उनले मधेसी मोर्चाको आन्तरिक असमझदारीका कारण अहिलेसम्म पनि वार्ता हुन नसकेको जिकिर गरेका हुन् । 
बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै मन्त्री राईले भने, ‘मोर्चाले दाबी गरेजस्तो पत्र नपाएको होइन । हामीले कार्यालयमा पुगेर हातहातमै पत्र दिएका हौं ।’ ‘मोर्चा र गठबन्धनबीचमा यति धेरै विवाद छ । वहाँहरु आफ्नै विवादमा अल्झिनुभएको छ । वहाँहरुको बीचमा विवाद मिलेपछि वार्ता हुन्छ,’ उनले भने । # फाइल तस्विर

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्