Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिटनेश च्याम्पियनशिप प्रतियोगितामा नेपालको उत्कृष्ट प्रर्दशन

अनोज रोक्का  । हिमालय किङ्डम नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेशले मङ्गोलियामा जारी सेन्ट्रल एण्ड ईस्ट एसिया बडिबिल्डिङ एण्ड फिटनेश च्याम्पियनशिप प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न सफल भएको छ । हङ्कङमा बसोबास गर्ने किशोर पुन, भिस गुरुङ् र बसन्त गुरुङ्ले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितमा सहभागिता जनाएका थिए । प्रतियोगितामा मास्टर्स (४०–४५) बर्ष उमेर समूह अन्र्तगत किशोर पुनले तृतिया र (८०) केजी समूह अन्र्तगत चौथो स्थान हासिल गरे भने मेन्स क्लासिक र फिजिक्स तर्फ बसन्त र भिसले क्रमश चौथो स्थान हासिल गरे ।

चीन, हङ्कङ, कोरिया, जापान, मङ्गोलिया, ताईवान लगायतका देशबाट सहभागीता जनाएको प्रतियोगितामा नेपालको टिम तेश्रो भएको थियो । अध्यक्ष तथा अन्तराष्ट्रिय जज समेत रहेका लोकेन्द्र परियारले पनि उक्त प्रतियोगितामा मुख्य निर्णायकर्ताको भूमिका सम्हालेका थिए । नेपालको प्रर्दशन सन्तोषजनक भएको बताउँछन् परियार, भन्छन– “छोटो तयारीमा जुन साहस र धैर्य प्रर्दशन गरे नेपाली खेलाडीहरुले, त्यो अन्तराष्ट्रिय मैदानमा निकै नै तारिफ योग्य थियो ।” पूर्वतयारी र पर्याप्त पूर्वधार भए हाम्रा खेलाडी पनि कम छैनन् भन्ने प्रमाणित भएको छ उनी थप्छन् ।

मङ्गोलिया बडिबिल्डिङ् फेडरेसन र एसिया बडिबिल्डिङ् फेडरेसनको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितालाई अन्तराष्ट्रिय गर्भनर्स बडिविल्डिङ्ले मान्यता दिएको थियो । सन् १९४६ मा क्यानेडियन नागरिक दाजुभाई जोई र बेन वाईडरले स्थापना गरेको संस्था आज विश्वभरि १९० देश भन्दा बढिमा फैलिसकेको छ । संस्था मार्फत हरेक बर्ष बिश्वभर दुईहजार भन्दा बढि कार्यक्रम हुने गर्छ । यहि संस्था मार्फत मान्यता प्राप्त हिमालयनको लागि यो अवसर आगामी दिनका लागि सुनौलो हुने खेलाडीहरुको दाबी छ ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्