Logo
७ बैशाख २०८१, शुक्रबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भर्जिनियाको मनाससमा अनेसासले रजत जयन्ती भव्य रुपमा मनाउदै

खेम भट्टचन, वाशिंगटन डिसी   अन्तराराष्ट्रिय नेपाली साहित्य समाज ( INLS ) स्थापना भएको २५ बर्ष पुगेको ऊपलक्षमा यो संस्थाको रजत जयन्ती समारोह वाशिंगटन डिसी नजिकै भर्जिनियाको मनाससमा आयोजना गरिएको छ । 
यही हप्तामा पर्ने जुन ४ र ५ तारिखको शनिबार र आईतबार दुई दिन सम्म रजत जयन्ती समारोह आयोजना गरिएको कुरा संस्थाका केन्द्रिय अध्यक्ष पदम बिश्वोकर्माले कोलोराडोबाट बताए । 

अन्तराराष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ्ट्रस्टिजका अध्यक्ष डा. श्याम कार्की ले भने – संस्था स्थापना भएको २५ बर्ष सम्म राजनिती नलागेको र नेपाली भाषा साहित्यको लागी  लागिपरेको यो संस्था एनआरएन भन्दा पनी धेरै मुलुकहरु ८५ रास्त्रमा फैलिएको छ । संसारका विभिन्न मुलुकहरुबाट नेपालीहरु भंर्जिनियाको मनाससमा जम्मा हुँदैछन्  संमेलनमा भाग लिनकै लागी नेपालका बरिस्ठ विद्वान प्राध्यापक  डा. खगेन्द्र लुईटेल नेपालबाट र भिम सेन सापकोटा अस्ट्रेलिया बाट भर्जिनिया आईसक्नुभएको  छ,  जापानबाट प्रकाश माईला र ध्रुब थापा २ तारिख बिहीबार भर्जिनिया आइपुग्दै छन्  

रजत जयन्ती समारोह हुने स्थान, मिती र समय यसप्रकार छ :

Best Western Battlefield Inn
10820 Balls Ford Road
Manassas, Virginia 20109
Phone: 703-361-8000
जुन ४ तारीख सांझ ७ बजे केक् काट्ने, बेलुन ऊडाऊने, रात्रीभोज र जुन ५ तारीख आईतबार बिहान ९ बजे ऊद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्