Logo
६ बैशाख २०८१, बिहीबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली- नेपाल टेलिफोन वार्ता : ‘ओलीले फोन मै भने एमाले नै प्रतिपक्षमा’ !

काठमाडौ । पछिल्लो समय सत्ताधारी दलको ठुलो पार्टी नेकपा एमाले भित्र खैलाबैला मच्चिएको समाचार छ । एमालेका नेताहरु बिच एक अर्काका विरुद्ध सार्वजनिक रुपमै वाकयूद्ध चलाएका छन् । यसै बिषयमा प्रधानमन्त्री एबं एमालेका अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालवीच हिजो लामो टेलिफोन वार्ता भएको थियो । 
प्रधानमन्त्री आफै नेपाललाई टेलिफोन गरेर आफ्ना कुरा राखेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको प्रतिपक्षको रुपमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र हुन नसकिरहेको अवस्थामा पार्टीभित्रै तपाईले त्यस्तो भूमिका खेलेर सरकारलाई कमजोर बनाउन लाग्नु भयो भनेर आक्रोसित भएका थिए स्रोतले भन्यो ।
प्रधानमन्त्रीले नेपाललाई भनेका थिए,‘ तपाईलाई प्रधानमन्त्री हुँदा सधै मैले साथ दिए तर तपाईले मुलुकको लागि केही गरौं भनेर लागेको बेला पार्टीभित्रैबाट अप्ठ्यारो पार्न खोज्नु भयो यो त राम्रो भएन। के यही हो तपाईको नैतिकता रु यो के रमिता हो सम्म भन्न भ्याएको बुझिएको छ । 
जवाफमा नेपालले ,‘तपाईले आफै पार्टीमा गुट खडा गर्नु भयो, आफ्ना मानिसहरुलाई बालुवाटारमा भोज गरेर नानाथरी भन्नु हुन्छ । तपाईले आफ्ना मान्छेहरुलाई मात्रै संरक्षण गरेर पार्टीभित्र गुटलाई संस्थागत गर्नु भयो । 
यसको विरोध पनि हामीले गर्न नपाउने’ उनले आगामि महाधिवेशनमा अध्यक्षको लागि तयारी गरिरहेका महासचिव ईश्वर पोख्रेलले पार्टी संगठनमा जथाभावी गरिरहँदा पनि त्यसलाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीसँग आक्रोस पोखेका थिए ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्