Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न गाउँहरुका अग्नि पिडितलाई राहत सहयोग

खिमलाल,  दुबई । जन्म भुमि  छोडेर पराइ भुमि संयुक्त अरब इमिरेट्स ९युएई० पलायन भएका बागलुङ बाशी दाजुभाई तथा दिदीबहिनीहरु मिलेर स्थापना गरिएको सामाजिक संस्था बागलुङ सेवा समाज युएईले बागलुङ जिल्लाका विभिन्न गाउहरुका अग्नि पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 
हालै  नेपालका विभिन्न ठाउहरुमा आगलागी भएर करोडौको क्षति भएकाले आगलागी बाट पिडित बन्न पुगेका पिडित परिवारहरुलाइ केहि मात्रामा भए पनि राहत उपलब्ध गराउने उदेश्यले संस्थाले केहि दिन अगाडी देखि राहत संकलन गरेको थियो । राहत संकलन संस्थाका केन्द्रीय अध्यक्ष पिताम्बर पाण्डेको संयोजकमा अभियान शुरु गरिएको थियो भने जसमा संस्थाका सम्पूर्ण पदाधिकारीहरु भूमिका रहेको थियो।साथमा रस अल खेमाह छेत्रीय समितिका सचिब महेश पौडेलको मुख्य सक्रियतामा उक्त रकम जम्मा गरिएको थियो । संस्थाले बिगत आफ्नो स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । 
गत बैशाख १८ गते बागलुङ जिल्लाका केहि ठाउहरुमा आगलागी हुदा घर गोठ चौपाया लगाएत करोडौको क्षति हुन पुगेको थियो।जहा जंगलबाट शुरु भएको आगो विभिन्न गाउहरुमा फैलिनाले घर गोठ लगायत अन्य करोडौको क्षति हुन पुगेको थियो।राहत राहत संकलन पुरा भइसके पछी संस्थाले संकलित रकम जिल्लाका विभिन्न ठाउहरुमा वितरण गरेको छ ।
बागलुङ जिल्लामा बढी प्रभावित अग्नि पिडितहरु धुल्लुबास्कोट १ झुले, दमेक र बुर्तिबाङका अग्नि पिडितहरुलाई राहत स्वरूप १ लाख ९३ हजार रुपैया हस्तान्तरण गरेको छ । झुले र दमेकका  अग्नि पिडितहरुलाई राहत हस्तान्तरण गर्नको लागि संस्थाका अबुधाबी क्षेत्रिय समितिका अध्यक्ष रमेश पौड्याल नेपाल जानु भएको थियो।आज रेडियो बिहानी बरेंग र पौड्यालको सक्रियतामा एक कार्यक्रमको आयोजना गरि धुल्लुबाँस्कोट १ झुले र दमेकका अग्नि पिडितहरुलाई राहत हस्तान्तरण गरिएको हो । बागलुङ सेवा समाज युएईले राहत बितरण गर्न क्षेत्रिय अध्यक्ष रमेश पौडेललाई खटाएको थियो । 
पौड्यालले झुलेका अग्नि पीडित परिवारका महिला पुरुषका लागि एक एक सेट कपडाका साथमा नगद एकमुष्ठ १ लाख २३ हजार हस्तान्तरण गरेका छन् । तेस्तै दमेकका अग्नि पिडितहरुलाई पनि महिला पुरुषका लागि एक एक सेट कपडाका साथमा नगद एकमुष्ठ ४० हजार रुपैया हस्तान्तरण गरिएको छ।दमेकको लागि छुट्याइएको रकम अध्यक्ष पौड्यालले आगलागी राहत संकलन समिती दमेकका संयोजक प्रदीप वि।क।लाई हस्तान्तरण गरेका छन् । तेसै गरि बुर्तिबाङ गाबिसका अग्नि पिडितहरुलाई पनि संस्थाले राहत स्वरूप ३० हजार रुपैया हस्तान्तरण गरेको छ।संस्थाले पठाएको रकम गत जेष्ठ १६ का दिन सामुदायिक रेडियो परिबर्तनको ५ औ बार्षिकोत्सबको अबसर पारेर सोहि कार्यक्रममा अग्नि पिडितहरुलाई रेडियो परिबर्तन मार्फत नै राहत हस्तान्तरण गरिएको थियो ।
आज भएको अग्नि पिडित  राहत हस्तान्तरण कार्यक्रम संचालन रेडियो बिहानी बहुउदेश्यीय सहकारी संस्थाका सचिब कृष्ण पौड्यालले गरेका थिए भने आगलागी राहत संकलन समितीका संयोजक तथा रेडियो विहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्त्यालको अध्यक्षता रहेको थियो । राहत हस्तान्तरण कार्यक्रममा आगलागी पीडित शिक्षक ओम पुनले धन्यवाद मन्तव्य राखेका थिए । 
कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बाग्लुङ्गका अध्यक्ष कृष्ण आचार्य, प्रदिप वि।क।ले पनि मन्तव्य राखेका थिए । तेस्तै कार्यक्रममा बोल्दै बागलुङ सेवा समाज युएई अबुधाबी क्षेत्रिय समितिका अध्यक्ष पौडेलले विपतको  बेलामा एकले अर्कालाई सहयोग गर्नु पर्ने आफ्नो कर्तब्य भएको बताए ।
आपत विपत जुनसुकै बेला जो कसैलाई पनि आइपर्न सक्ने बताउँदै उहाँले एकले अर्कालाई सहयोग गरेमा मात्र मानवको सार्थकता रहने बताएका छन्।अझै आउदा दिनहरुमा पनि संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिने पौड्यालले बताएका छन्।राहत वितरणमा रेडियो बिहानी बरेंग बागलुङ र सामुदायिक रेडियो बुर्तिबाङको मुख्य भूमिका रहेको थियो।राहत हस्तान्तरण पछी पिडित परिवारहरुले संस्थालाई धन्यबाद दिदै  संस्थाले गरेको यो सामाजिक कार्यलाई कहिल्लै भुल्न नसकिने बागलुङ सेवा समाज युएई सदैब आफ्नो मन मुटुमा रहिरहने बताएका छन् ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्