Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुर र महतोको अनुउपस्थितीमा यादवले भने ‘देश ध्वस्त भइसक्यो’


काठमाडौं । मधेशी/जनजाती दलहरु आवद्ध संघीय गठबन्धनले २६ बुँदे मागसहित मग्लवारदेखि राजधानीमा रिले अनसन सुरु गरेको छ । 
राष्ट्रिय आन्दोलनको कार्यक्रमअन्तर्गत गठबन्धनले सुरु गरेको काठमाडौं केन्द्रित आन्दोलनको यो तेस्रो चरण हो । यसअघि गठबन्धनले प्रथम चरणको आन्दोलनमा सिंहदरबार घेराउ, प्रधानमन्त्री कार्यालय घेराउलगायतका कार्यक्रम गरिसकेको छ । 
यसरी नै दोस्रो चरणमा विरोधसभाहरु पनि गरेको थियो । तेस्रो चरणको प्रथम कार्यक्रम रिले अनसन रत्नपार्क स्थित शहीद मञ्चमा सुरु गरिएको हो । अन्सनमा प्राय सबै शिर्ष नेताहरु सहभागी रहेका छन ।
ठाकुर र महतो अनुउपस्थित 
तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महतो भने अन्सनमा देखिएका थिएन । महतो देशबाहिर रहेका कारण उनको सटा सह अध्यक्ष लक्ष्मणलाल कर्ण अन्सन बसेका छन । 
मंगलबारबाट सुरु भएको रिले अनसन अषाढ मसान्तसम्म चल्नेछ । रत्नपार्कको छेवैमा रहेको शहीद मञ्च (खुला मञ्च) मा दैनिक रुपमा झन्डै महिना दिन बढी चल्ने रिले अनसन प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भई साझ ७ बजे धन्यवाद मन्तव्यसहित समापन गरिनेछ । 
झन्डै ३० जनाको हाराहारीमा गठबन्धनका नेता कार्यकर्ताहरु दैनिक अनसन बस्ने सचिवालयले जनाएको छ । मंगलबार २ बजे गठबन्धनले कार्यक्रम स्थलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । 
संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गत सशक्त ढंगले सिंहदरबार र वालुवाटार घेराऊ गरिसकेको छ । 
दोस्रो चरणमा गठबन्धनले राजधानीको प्रभावशाली १० स्थानमा स्थानीय जनताको व्यापक सहभागितामा विरोध सभा सम्पन्न गरिसक्यो । र गठबन्धनको नेतृत्वमा संचालित संयुक्त राष्ट्रिय आन्दोलनको तेस्रो चरणमा रिले अनसन अघि सारिएको हो ।
मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, तमुवान, ताम्सालिङ, थारु, दलित, महिला, सीमान्तकृत, उत्पीडित लगायत राज्यद्वारा बहिष्करणमा पारिएका समुदायहरु सम्मिलित संघीय गठबन्धनले संविधान पुनर्लेखन गरी खोसिएको अधिकार संविधानमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दै आएको छ । 
‘दिएको अधिकार पनि खोसिए’
यसैबीच, जनताको अधिकार सुनिश्चित हुनेगरि संविधान पुनर्लेखन नभए मुलुकमा विद्रोह हुने भन्दै सरकारलाई सचेत संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गराएका छन् । 
अन्तरिम संविधानले दिएको अधिकार पनि खोसिएको जिकिर गर्दै संयोजक यादवले जनताको धैर्यता टुटे विद्रोह निश्चित भएको चेतावनी दिए । अनसनमा बसेका यादवले मुलुकको यो दुर्दशा हुनुमा सरकारको नश्लवादी चिन्तन मुख्य दोषी रहेको आरोप लगाए । 
संघीय गठबन्धनले खुला मञ्चमा मंगलबारदेखि थालेको रिले अनसन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै यादवले उत्पीडित जनताको भावनासँग खेलवाड नगर्न सरकारलाई सुझाव दिए । 
‘मुलुकमा लोकतन्त्र हराएको छ । सरकारमा तस्कर र भ्रष्टाचारी हावी छन् । देश यसरी चल्दैन,’– यादवले भने । प्रधानमन्त्री केपी ओलीको नश्लवादी चिन्तनले मुलुक ध्वस्त भइरहेको यादवको आरोप छ । ‘हामी मुलुकलाई जोड्न चाहन्छौं, यो आन्दोलन त्यसकै लागि हो,’– संघीय समाजवादी फोरम नेपालको अध्यक्ष समेत रहेका यादवले भने, ‘तर सरकार आफैले विखण्डनको बीउ रोप्न उद्दत छ ।’
सबै उत्पीडितजनताले स्वामित्व ग्रहण गर्ने गरी संविधान पुनर्लेखन गराउन आफूहरुले अनशन सुरु गरेको उनले बताए । ‘अहिलेको संविधानले अन्तरिम संविधानमा प्राप्त भएका उपलब्धिहरुलाई समेत खोस्ने र मुलुकलाई पछाडि धकेल्ने कार्य गरेको छ । 
यसकारण यो संविधान प्रतिगामी छ,’ यादवले भने, ‘संविधान पुनर्लेखन गराउनका लागि र यसलाई सबै जनताले स्वामित्व ग्रहण गर्ने बनाउनका लागि हामीले रिले अनशन कार्यक्रम थालनी गरेको हौ ।’ 

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्