Logo
१२ बैशाख २०८१, बुधबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाईकिङमा नेपाली म्याराथन धावक बैकुण्ठ मानन्धर

अनोज रोक्का  ।  सहारा क्लव हङकङले च्यारिटी हाईकिङ्सँगै स्वर्णपदक विजेता बैकुण्ठ मानन्धरलाई पनि सम्मान गर्ने भएको छ । जेठ ३० (जुन १२) गते हङकङका प्राकृतिक पर्यटकिय स्थानहरुमा धावक मानन्धर हङ्कङेली नेपालीहरु सँगै हाईकिङ्मा निस्कने छन् ।
मानन्धर सन १९८४ काठमाण्डौ, १९८५ ढाका, १९८६ कोलकता, दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुन तर्फ स्वर्ण पदक विजेता हुन् । ढाकामा एथलेटिक्सका धावक बैकुण्ठ मानन्धरले जितेको स्वर्ण नेपालको एकमात्र पहिलो पदक थियो । हाईकिङ् पश्चात राखिने कार्यक्रममा धावक मानन्धर सहित नेपालको तर्फबाट ओलम्पिकमा सहभागी हुने मध्येका एक बक्सिङ् खेलाडी नामसिंह थापा मगरलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।
हङ्कङमै बसोबास गर्ने देव गुरुङ्, बराह ज्वेलरीका शिव लामिछाने, दगोर्खाज होल्डिङ्का प्रकाश पुन, तमु समाज हङ्कङका कोमल गुरुङ लगायत समितीका सल्लाहकार र नेपाल एयरलाईन्सको बिशेष सहयोगमा आयोजित कार्यक्रमबाट हङ्कङमा रहेका नेपालीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतनासँगै खेलकुदलाई प्रर्वद्धन गर्न पनि सहयोग पुग्ने क्लबका अध्यक्ष दिपक गुरुङ् बताउँछन् ।
साँढे १२ किलोमिटरको हाईकिङ् यात्रा विहान साँढ ७ बजे सुरु भएर सेन्टल फेरी पिक हुदँै वल्ड पीक रोड, राउण्ड पिक, अवरडिन कन्ट्रीपार्कमा समापन हुने समितीका प्रमुख सल्लाहकार मास्टर तुलसी गुरुङ् बताउँछन भन्छन्– “हङ्कङमा रहेको उत्कृष्ट सम्पदा र प्राकृतिक रमणीय स्थानको अवलोकनको लागि पनि यो अवसर महत्वपूर्ण हुनेछ ।”

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्