Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकिकृत बस्ती निर्माणका लागि एभरेष्ट नेपालले सहयोग गर्ने

रवि रोषी, दोहा ।  महाविनाशकारी भुकम्पका कारण ध्वस्थ भएको घरहरु पुननिर्माण गर्ने महत्वाकांक्षी धुर्मुस सुन्तली एकिकृत बस्ती निर्माणको लागि खोलिएको फाउण्डेशनका लागि कतारबाट एभरेष्ट नेपाल युथ एसोसिएसन आर्थिक सहयोगका लागि संकलन अभियान अघि बढाउने भएको छ ।
एसोसिएसनका अध्यक्ष उत्तम गुरुङले सो अभियानका लागि आफ्नो संस्थाले संस्थागत रुपमा सहयोग संकलन अभियानलाई अघि बढाउने जानकारी दिएका हुन् । दोश्रो चरणको भवन निर्माण अभियानको लागि आर्थिक नभएको कारणले अघि बढाउन नसकिएको बताउने सुन्तली जोडीको निर्माण अभियान हाल अवरुद्ध भएकोले आफ्नो संस्थाले सघाउ गर्न कतारबाट भूमिका निभाउने अध्यक्ष गुरुङले बताए ।
१ लाख ७४ हजारबाट सुरु गरिएको यस अभियान आज सम्म आईपुग्दा धुर्मुस सुन्तलीको पारदर्शी कार्यबाट प्रभावित भई हाल सम्म देश तथा विदेशबाट सहयोगदाताहरुले १ करोड ३० लाख उठेर निर्माण कार्यमा लगाईसकेको र आफ्ना लक्ष्य पुरा गर्न अझ अनुमानित ३ करोड ७० लाख जति लागत खर्च हुने बताएका छन् ।
बर्षायाम सुरु भईसकेको र फाउण्डेशनले निर्माण कार्य अघि बडाउन आर्थिक अभावले अड्किएको जानकारी पाएपछि आफ्नो संस्थाले कतारबाट व्यापक रुपमा सहयोग संकलन सुरु गर्ने अध्यक्ष गुरुङले बताए । धुर्मुस सुन्तलीको पवित्र परोपकारी अभियानलाई साथ दिन कतारमा रहेका संस्था तथा व्यवशायी संग अब एभरेष्ट नेपाल युथ एसोसिएसनले भूमिका निर्वाह गर्ने कुरा पनि अध्यक्ष गूरुङले बताए ।

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्