Logo
१२ बैशाख २०८१, बुधबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिभावक र आफन्त गुमाएका तीन परिवारलाई आर्थिक सहयोग

राजु थापा, ग्रेटर टोरोन्टो ।  गत बर्ष नेपालमा गएको महाभूकम्पबाट प्रभावित भई अभिभावक र आफन्त गुमाएका तीन परिवारलाई क्यानाडाको मिसिसागा शहरमा बस्दै आउनु भएका दम्पत्ति केदार बस्नेत र प्रमिला बस्नेतले भूकम्प गए लगत्तै घोषणा गर्नु भए अनुसार ब्यक्तिगत तर्फबाट क्यानेडियन डलर १००० (रु ८०,००० ) सहयोग गर्नु भएको छ ।  
नेपाली जनसम्मर्क समिति क्यानाडा मार्फत उहांहरुले सिन्धुपाल्चोक इचोक–२ का राम तामांगलाई रु ४० हजार, कामीराम तामांगलाई रु २४ हजार र पाल्चोक–४ का लाल बहादुर खड्कालाई रु १६ हजार आर्थिक सहयोग गरेका हुन् । गत वर्ष भएको भूकम्पमा रामका बाबुआमा दुवैको मृत्यु भएको थियो भने कामीरामका आफन्त र लालबहादुरका आमा र बुहारीको मृत्यु भएको थियो ।   नेपाली कांग्रेस क्षेत्र नं ३ सिन्धुपाल्चोक द्धारा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकारद्धय हरिहर विरही र कविर राणा र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बंशलाल तामांगले उक्त रकम हस्तान्तरण गर्नु भएको क्षेत्रीय सभापति आइतमान तामांगले जानकारी दिनुभएको छ । 
  कार्यक्रममा बरिष्ठ पत्रकार विरहीले पीडितहरुलाई सहयोग गर्नु पवित्र कार्य भएको भन्दै यस्ता कार्यले अरु सहयोगिहरुलाई पनि प्रोत्साहन मिल्ने बताउनु भयको छ । पीडित तामंगद्धय र खड्काले हर्षित हुदै बस्नेत दम्पतिप्रति आभार व्यक्त गर्दै रकमको सदुपयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्