Logo
६ बैशाख २०८१, बिहीबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले भित्र यस्तो अन्योल ! एमाले अध्यक्ष केपी ओलीको उत्तराधिकारी को ?

काठमाडौं । नवौं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै एमाले अध्यक्ष केपी ओलीको उत्तराधिकारीबारे चर्चा हुन थालेको छ ।

ओलीले ३ वैशाखको केन्द्रीय कमिटी बैठकमा दशौं महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने घोषणा गरे । मदन भण्डारी फाउन्डेसनको भेलामा संस्थापन समूहले पहिलोपटक ओलीपछिको उत्तराधिकारीको बहसनै चलायो ।

नवौं महाधिवेशन पछि ओलीको बलियो उत्तराधिकारीका रुपमा रहेकी विद्या भण्डारी राष्ट्रपति भएसँगै पार्टीको सबै जिम्मेबारीबाट विदा भइन् । जसबाट संस्थापनका अन्यलाई ओलीको उत्तराधिकारी बन्ने बाटो खोलिदिएको छ ।

ओली उत्तराधिकारीमा वर्तमान महासचिव ईश्वर पोखरेल, दलका उपनेता सुवास नेम्वाङ, भीम रावल, शंकर पोखरेल, प्रदीप ज्ञवालीको चर्चा रहेको छ ।

ईश्वर पोखरेल आठौं र नवौं महाधिवेशनमा दुइपटकका महाचिव हुन्  भने सुवास नेम्वाङ दलका उपनेता समेत हुन् । संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका उनी कुटनीतिक नेताका रुपमा चिनिन्छन् ।

वैचारिक नेताका रुपमा चिनिने शंकर पोखरेल अनेरास्ववियुका पूर्व अध्यक्ष समेत हुन् । ईश्वर पोखरेल र सुवस नेम्वाङभन्दा जुनियर भएकाले सबैले उनलाई नेता मान्ने सम्भावना  कम छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रदीप ज्ञवाली पार्टीमा लोकप्रय र ओलीका विश्वासिला पात्र हुन् । विश्लेषक र बौद्धिक रुपमा पार्टीभित्र फरक समूहले पनि उनलाई मन पराउँछ । तर, उनीभन्दा सिनियर नेता अरु पनि भएकाले उनलाई पनि ओलीको उत्तराधिकारी बन्न सहज छैन ।

ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री रहेका भीम रावल भने अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालको साझा उत्तराधिकारीका रुपमा दोस्रो पुस्ताबाट अघि बढ्न प्रयासरत रहेका छन् ।

रावलले ओली र नेपालबीचको उतारचढावकाबीच सेतुका रुपमा काम गरेका कारण दुवै नेताले मनपराउँछन् ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्