Logo
८ बैशाख २०८१, शनिबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाइभ कन्सर्ट मै चर्चित गायिकाको गोली प्रहार गरी हत्या


ओर्लान्डो । चर्चित गायिका क्रिस्टिना ग्रिमीको एक कन्सर्टको दौरान गोली प्रहार गरी हत्या गरिएको छ ।अमेरिकाको चर्चित टेलिभिजन कार्यक्रम द भ्वाइसमा समेत भाग लिएकी ग्रिमीलाई ओर्लान्डोमा भएको कन्सर्टका दौरान गोली प्रहार भएको थियो । 
गोली प्रहारबाट घाइते भएकी २२ वर्षीया ग्रिमीलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा पछि मृत्यु भएको फ्लोरिडा प्रहरीले जनाएको छ ।
गीत गाउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनीमाथि पाँच पटक गोली प्रहार भएको डेली मेलले जनाएको छ । गोली प्रहारपछि ग्रिमीका दाजु मार्कले आक्रमणकारीमाथि जाइ लागेका थिए ।
नाम नखुलाइएका ती आक्रमणकारीले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका थिए । के कारणले उनीमाथि आक्रमण भयो भन्ने बारे अझै खुल्न सकेको छैन ।
सन् २०१४ मा भ्वाइसमा उनी तेस्रो बनेकी थिइन् । स्थानीय समयअनुसार राती १० बजेर ४५ मिनेट जाँदा उनीमाथि आक्रमण भएको थियो । 
आक्रमणकारीबाट दुईवटा हतियार बरामद भएको बिबिसीले उल्लेख गरेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्