Logo
१५ चैत्र २०८०, बिहीबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केहि सिप नचलेपछि, मोदीलाई भेट्न कमल थापाले रविशंकरलाई गुहारे !


काठमाडौं । एक कार्यक्रममा भाग लिन दिल्ली पुगेका उपप्रधान एवम् पराष्ट्रमन्त्री कमल थापा जसरी भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भन्दै यतिवेला भित्रि रुपमा प्रयासमा रहेको खबर सार्वजनिक भएको छ । 
थापाले  शनिवारै गृहमन्त्री राजनाथ सिंहसँग भेट्छेका छन । सिंहसँगको भेटमा उनले दुईपक्षीय सिमा सूरक्षावारे छलफल गरेको बुझिएको छ । 
त्यस्तै उनले प्रधानमन्त्री मोदीका सूरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेटेका छन । दोभलसँगको भेटमा समेत उनले मोदीसँग भेट मिलाउनेवारे छलफल तथा आग्रह गर्ने बुझिएको छ ।
गृहमन्त्री राजनाथ सिंह र अजित मार्फत मोदीसँग भेट्ने ग्रिन सिग्नल नआउने देखेपछि थापाले रविशंकरलाई गुहारेका छन् । 
रविशंकर मोदीका विश्वासपात्र हुन् । यी दुईवीचको घनिष्ठ सम्बन्ध बुझेका थापाले पछिल्लो पटक पूनः रविशंकरलाई गुहारेका छन् ।
श्रोतले भन्यो ‘रविशंकर मोदीलाई भेट्न भन्दै आजै दिल्ली पुगिसकेका छन् । उनले मोदीलाई भेट्न पाए भने भोलि थापाले मोदीलाई भेट्ने सक्ने कुरा बाहिर आएको छ तर उनको भेट भने निश्चित् छैन् ।’
मोदीसँग उनी यसपटक विशेष किसिमको राजनीतिक ग्रिन सिग्नल लिने योजनामा छन् । काँग्रेसको विशेष समर्थन लिएर उनी यसपटक प्रधानमन्त्री बन्ने योजनामा छन् । 
चार दिने भ्रमणमा हिजो दिल्ली पुगेका थापाले समकक्षी सुष्मा स्वराजसँग भेटिसकेका छन् । मन्त्री थापाले स्वराजसँगको भेट अत्यन्तै उपयोगी र रचनात्मक भएको ट्विट गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालसँगको ‘परामर्श’ निरन्तर रहेको ट्विट गरेका छन् ।  
इन्डिया प्रेस क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनले भने, ‘भारतसँगको हाम्रो सम्बन्धमा परिवर्तन ल्याउँदै सम्बन्ध सुधारका लागि राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको हो। मोदी नेतृत्वको भारत सरकार वा उपाध्यायमाथि कुनै दोष लगाएर फिर्ता डाकेका होइनौं।’
सरकारले अघिल्लो महिना दिल्लीस्थित राजदूत उपाध्यायलाई फिर्ता बोलाएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारत भ्रमणसमेत रद्द गरेको थियो। नेपालका यी दुई कदमबाट भारतको पाँच महिना लामो नाकाबन्दी हटेपछि सुध्रिने क्रममा रहेको द्विपक्षीय सम्बन्धमा थप तिक्तता उत्पन्न भएको थियो।
परराष्ट्रमन्त्री थापाले नेपालको नयाँ संविधान पूर्ण समावेशी र प्रगतिशील रहेको बताए। ‘यो संविधान कुनै पनि समुदायका लागि विभेदकारी छैन’, मन्त्री थापाले भने। भारत नेपालको निकट छिमेकी र महत्वपूर्ण विकास साझेदार रहेको उनले बताए। मन्त्री थापाले नेपाल र भारत सामाजिक तथा सांस्कृतिक रूपमा बाँधिएको उल्लेख गरे।

यसअघि शुक्रबार भारतको पुरानो थिंकट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाएका थिए ।

जहाँ भारतका उच्च कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग थापाको साक्षात्कार रहेको थियो । कार्यक्रममा थापाले नेपाल–भारत सम्बन्धका बारेमा प्रवचन दिएका थिए ।

दीक्षान्त समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सहभागी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको आश्वासन पाए पनि समय यकिन भइनसकेको स्रोतले जनाएको छ । 

विभिन्न देशको भ्रमण सकेर मोदी बिहीबार स्वदेश फर्कने र त्यसपछि मात्र भेटको समय यकिन हुने अधिकारीहरूको भनाई छ । 
त्यसैगरी सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र कंग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग पनि भेटघाटको पहल भइरहेको जानकारी अधिकारीहरूले दिएका थिए । 
थापा भारत उड्नुअघि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिँदै नेपाल र भारत दुवै देशले उनको भ्रमणलाई उच्च प्राथमिकता दिएका थिए ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्