Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्लड क्यान्सर पीडित देबेन्द्नलाई मकाउ तामाङ घेदुङको आर्थिक सहयोग

कर्ण बहादुर अधिकारी मकाउ चीन। मकाउमा केहि समय अगाडी स्थापना भएको मकाउ तामाङ घेदुङले सामाजिक कार्यहरूमा अग्रसरता जनाई सामाजिक कार्यहरू गर्दै आई रहेको छ।
केहि समय पहिला दोलखा जिल्ला भेड्पु स्थायी घर भएकी एप्लास्टिक एनिमियाबाट पिडीत सुजना गोलेलाई पनि मकाउ तामाङ घेदुङले सहयोग रकम हस्तान्तरण गरेको थियो।
बिगतमा मकाउमा कार्यरत रहेका स्थायी घर काभ्रे जिल्ला पाँचखाल २ काफ्लेडीका देबेन्द्र बाँनिया ब्लड क्यान्सरबाट पीडित भई हाल काठमाण्डौ मीनभवन स्थित निजामती कर्मचारी अस्पतालमा उपचार गराई रहनु भएको छ र उहाँको उपचारमा रकम बढि लाग्नाले आफुसंग भए रकम सकि सके पछि कर्म भूमि मकाउमा कार्यरत रहेका नेपालीहरूसंग सहयोगको लागि अपील गरेको हुँदा मकाउ विन क्यासिनोमा कार्यरत तोरण बाँनिया मार्फत सहयोग उठाउने कार्य भई रहेको र उक्त कार्यमा मकाउ तामाङ घेदुङ्ले पनि सहयोगी हात अगाडी बढाएको छ।
मकाउ तामाङ घेदुङको तर्फबाट मोप २०००(ने रू.२६८००)मकाउ तामाङ घेदुङ्का अध्यक्ष दोर्जे तामाङले तोरण बाँनियालाई हस्तान्तरण गर्नु भएको छ।मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङले आउँदा दिनहरूमा यसरी नै सामाजिक कार्यहरूमा एकजुट भई अगाडी बढ्ने र एक नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ भन्ने धारणा ब्यक्त गर्नु भयो।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्