Logo
१२ बैशाख २०८१, बुधबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालिमाटीमा बिस्फोट: ‘छटपटाई रहदा अस्पताल लान कोही मानेन’


काठमाण्डौ । कालीमाटी स्थित टेकु पुल नजिक भर्खरै भएको ग्यास बिस्फोट भएको समाचार छ । ग्यास बिस्फोट हुदाँ ७  जना घाईते भएको छन् । जस मध्ये ६ जना गभ्भिर रहेको कालीमाटी प्रहरी बृतका डिएसपी हेमबाहादुर थापाले एनभीएम ग्रुपलाई बताए ।
उनका अनुसार जस मध्ये एक भारतीय नागरिक र  एक नेपाली नागरिकको परिचाय खुलेको छ तर अन्य केहि बिस्तृप्त खुलेको छैन ।
उनिहरूलाई उपचारका लागि बिर अस्पताल लगिएको छ ।  बिस्फोटमा परी जल्नेहरुमा अधिकांस भारतीय नागरिक रहेका छन्, तर परिचय भने खुलेको छैन ।
घटना स्थल पुगेका संचारकर्मी संतोष आर्चायका अनुसार कारण अहिले सम्म यहि हो भनेर कसैले भन्न सकि रहेको छैन, सबैको भनाई आ आफ्नै किसिमको छ तर सिलिण्डरको मुख बाट ग्यास लिक भैइ रहेको अवस्थामा कसैले सलाई कोरेर चेक गर्ने हुदा पड्किएको हो भनेर अनुमान चाहि लाउन सकिन्छ ।
आगोले जलेर छटपटाई रहेको अवस्थामापनि कुनै सवारी धनीले उनिहरूलाई अस्पताल सम्म लैजान नमानिरहेको र जामको कारणले एम्बुलेन्स आईपुग्न समस्या भएकोले पहिलो बिरामी संतोषले नै मोटरसाईकलमा पछाडी राखेर अर्को एक जनालाई समाउन लगाएर अस्पताल ल्याई पुर्याएक हुन ।
उनले भने ‘हामी नेपाली कति स्वार्थी र काम नलाग्ने रहेछौ भन्ने कुरा आज मैले त्यहा बाट जान्ने मौका पाए, सायद जलेको व्यक्तीको ज्यान भन्दा आफ्नो गाडीको सिट फोहर हुने र लगाएको कपडा फोहर हुने डरले होला त्यहा कुनै सेवामूलक हातहरू अघिसरेनन् । धिक्कार छ हामीलाई ’

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्