Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँशक्तिमा करिष्माको आलोचना, बाबुरामले नै गरे बचाउ !


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक भएको नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभाको सञ्चालन करिष्मा मानन्धर र पाशाङ शेर्पा प्रस्ततीको बिषयलाई लिएर अहिले सम्म टिका टिप्पणी भएको छ । 
करिष्माको बिषयलाई लिएर छलफल सत्रमा त ठुलै आवाज उठेको छ । नयाँ शक्तिको आकर्षकका रुपमा रहेकी करिष्मा मानन्धरको जिम्मेवारीका विषयमा नेता र कार्यकर्ताले आलोचना गरेका छन् ।
नयाँ शक्तिको छलफल सत्रमा करिष्माको बचाउमा बाबुराम भट्टराई नै उत्रिएका हुन् । करिष्माको काम गर्ने बोल्ने शैली नै नभएको भन्दै छलफल सत्रमा खलेरै टिप्पणी भए पछि उनी निरास भएको बुझिएको छ ।
करिष्माकै कारण नयाँ शक्तिको पार्टीको घोषणा कार्यक्रम सफल नभएको ती नेता कार्यकर्ताको ठहर छ ।  समुहगत छलफलमा घोषणासभाको समिक्षाका क्रममा सबैजसो कार्यकर्ताले करिष्माले कार्यक्रम चलाएका कारण पार्टीको आकर्षक घटेको टिप्पणी गरेका छन् ।
‘अनुहार राम्रो मात्रै भएर भएन चलाउने शैली खै रु पाहुना र आम समुदायलाई आर्कषक गर्ने कला नहुँदा पुरै कार्यक्रको शोभा नै घट्यो ’ धेरैले आलोचना गरेको बुझिएको छ ।
कार्यक्रमको सुरुवात पासाङले गरे भने बाबुरामले पार्टी घोषणा गरेपछिको सत्रमा करिष्माले अत्तालिएर कार्यक्रम सञ्चालन गरेको प्रष्टै देखिन्थीयो । कार्यक्रम अवधिभर करिष्मा र पासाङले पालैपालो उद्घोषण गरे ।
नसुहाउँदो शैलीमा कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक करिष्माको चर्को विरोध पनि भएको छ ।
कुटनीतिक व्यक्तित्वलाई मन्तव्यका निम्ति आग्रह गर्दा समेत करिष्माले उच्च सम्मान व्यक्त गर्न नसकेको टिप्पणी सामाजिक सञ्जालमा भएको छ ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइले भने करिष्माको बचाऊ गरेका छन् । ‘सोचेजस्तो नभएको हुनसक्छ अभ्यास र निरन्तरताले मान्छे खारिदैँ जान्छ’ भने पछि बिरोध केहि मत्थर भएको एक नेताले बताए ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्