Logo
१५ चैत्र २०८०, बिहीबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवको विज्ञप्ति: “त्रिपाल खरिदमा घोटाला गर्ने,जस्तापाता बेच्नेलाई पनि कारवाही”

बनेपा । विप्लव नेतृत्वको नेकपा(माओवादी) ले जनकारवाहीका नाममा देशका विभिन्न स्थानमा एनसेलका टावरहरु ध्वस्त गर्न थालेपछि स्थानीय प्रशासनले धरपकड शुरु गरेको भन्दै गम्भीर आपति जनाएको छ । यसैबीच नेकपा (माओवादी) काभ्रेका कार्यकर्ताहरु लालबहादुर वि.क, श्याम श्रेष्ठ र जिल्ला सदस्य रमण परियारलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको माओवादी काभ्रेले विज्ञप्तिमार्फत जनाएको छ ।
नेकपा(माओवादी) काभ्रेका सेक्रेटरी प्रेरकले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी पक्राउ परेका कार्यकर्ताहरुलाई यथाशिघ्र रिहाई गरी परिस्थितिलाई सहज तथा अनुकुल बनाउनको लागि अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ–‘देश यतिबेला अत्यन्तै जटिल एंवम कठिन अवस्थाबाट गुज्रिरहेको छ ।
भुकम्प, नाकाबन्दी, विदेशी हस्तक्षेप, आन्तरिक रुपमा वर्गिय उत्पीडन, दलालीकरण, कमिशन तन्त्र एंवम भ्रष्टाचार कर छली जस्ता अत्घन्त घृणित संसदीय विपत्ति बढेर गइराखेको छ भने संसदीय पार्टीहरु मोटो कमिशनको खेलमा लागेर सबै नाजायज कामलाई वैधानिकता प्रदान गर्दै आइरहेका छन् भने गृहप्रशासन भने त्रिपाल खरिदमा घोटाला गर्ने, जस्तापाता बेच्ने, भुकम्प पीडितको नाममा करोडौ मात्र नभई अबौं स्वाहापार्नेहरुलाई कारवाही गर्न नसक्ने तर आज देशभरी कैयौँ ठाउँमा गरिरहेका जन प्रतिकारका घटनालाई  एकोहोरो ने.क.पा. माओवादी र हाम्रा शुभचिन्तकहरुले समेत घटनाको झुटो प्रचार गरि कति ठाउँमा घरमा बसिराखेको अवस्थामा बिना सूचना गिरफतार गर्ने, यातना दिने, मुद्दा लगाउने काम गरिराखेको हुँदा देशको विद्यमान कानुन जबसम्म सिधा जनतालाई मात्र लाग्छ आखिरी लोकतन्त्रमा पनि हिजोकै जस्तो भ्रष्ट दलालहरुकै हालिमुहालि रहन्छ भने ने.क.पा. माओवादी स्वाभिमानि पुर्वक जनताको न्यायको लागि आन्दोलनको नेतृत्व गर्न तयार छ विज्ञप्तिमा भनिएको छ ।
यतिबेला पार्टीले कतिपय ठाउँका जायज कारवाहीहरुको नैतिक जिम्मेवारी लिएको छ । कतिपय ठाउँमा हाम्रो पार्टीलाई बदनाम गर्नका लागी हाम्रो पार्टीका जिम्मेवार नेता कार्यकतालाई नसुहाउने षड्यन्त्र भैराखेको छ ।
यसै परिपे्रक्षमा काभ्रे जिल्ला पार्टीका जिम्मेवार सचिवालय सदस्यहरु लालबाहादुर वि.क, श्याम श्रेष्ठ एंवम जिल्ला सदस्य रमण परियारलाई हिजो बेलुका ६ बजेको समयमा अचानक निरकुंश शैली बाट गिरफतार गरिएकोले हाम्रो जिल्ला पार्टी अत्यन्तै आक्रीसित एंवम गम्भीर भएको छ ।
उहाँहरुलाई रिहा गरी परिस्थितिलाई सहज बनाउन सबैमा हार्दिक अपिल गर्दछौं । यदी हाम्रो आग्रहलाई कमजोरी ठानि रिहाई नगरी अझ धरपकड गिरफतारी जारी राखेमा हाम्रो पार्टी सशक्त ढंगले आन्दोलन गर्न बाध्य हुनेछौ भन्दै यो वत्तव्य मार्फत जानकारी गराउन चाहन्छौँ भनिएको छ ।
यसैबीच एनसेलको टावर ध्वत पारेको भन्दै हिजो सोमबार दाङ जिल्लाबाट ३ जना र म्याग्दीबाट २ जनालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।  त्यस्तैगरी उदयपुरबाट २ जना पक्राउ परेको एक कार्यकर्ताले बताए । 

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्