Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छड्के चेकिङ्गमा ओलीले नै पुगेपछि कर्मचारी तनाबमा ! के के दिए निर्देशन ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक त्रिभुवन विमानस्थल अन्तर्रा्ष्ट्रिय टर्मिनलमा छड्के अनुगमन पुगेका छन् ।

प्रधानमन्त्री ओली छड्के चेकिङ्मा जादाँ सरकारी कर्मचारी तनाबमा परेको स्रोतले जनाएको छ । टालटुले पाराले  सरकारी काम कहिले जाला घाम भन्नेहरुको होस हवास नै उडेको थियो स्रोतले भन्यो ।

मंगलबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलको अन्तराष्ट्रिय टर्मिनको छड्केमा पुगेका प्रधानमन्त्री ओली विमानस्थलमा देखिएका पाँचवटा समस्या यथाशिघ्र हल गर्न निर्देशन दिएका छन् ।

विमानस्थल कार्यालय प्रशासनभित्रका शौचालय फोहोर रहेका र विमानस्थलको व्यवस्थापन लथालिङ्ग हुँदा यात्रुले दुःख पाएको गुनासो पटक पटक आएपछि ओली आफैं छड्केका पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार विमानस्थल कार्यालयको अवस्था अस्तव्यस्त रहेको तथा कर्मचारीबाट अनियमितता भएको गुनासो आएपछि यसअघि नै प्रम छड्के अनुगमनमा जाने सोचमा थिए । 

अनुगमनका क्रममा विमानस्थलको पूर्वाधार साँघुरो पाइएकाले यसलाई विस्तारको प्रयास अघि बढाउन ओलीले निर्देशन दिएका थिए ।  ‘सामान तथा मानिसको सुरक्षा चेकजाँचको प्रक्रिया झन्झटिलो भएकाले विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेशिन’ राख्न पनि निर्देशन दिनुभएको छ ।’

विमानस्थलमा सीसी क्यामेरा जडान नहुँदा सुरक्षा जोखिम बढ्ने भएकाले कार्यालय भित्रदेखि बाहिर प्रतिक्षालयसम्मका क्षेत्रमा सीसी क्यामेरा जडान गर्न विमानस्थल प्रशासनलाई उनले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री अनुगमनमा पुग्दा यात्रु लाइन लागेको थिए । त्यो देखेपछि ओलीले पैसा तिर्ने व्यवस्थाका लागि मेशिन थप्न र मेशिन थप्ने र अत्याधुनिक सुरक्षा जाँच मेशिन पनि निर्देशन दिएका अधिकारीले बताए ।

विमानस्थल प्रशासनले प्रहरी लगाएर यात्रुको सुरक्षा जाँच गर्दै आएको परम्परागत विधिप्रति असन्तुष्टि जनाएका ओलीले मान्छेलाई जाँच्ने पनि र तस्बिर समेत खिचेर यात्रुको रेकर्ड राख्ने मेशिन राख्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्