Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अग्रज साहित्यकारहरु अमेरिकामा सम्मानित

अमेरिका ।   अमेरिकाको भर्जिनिया सेंटिल्लीमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले सम्मान गर्नुभयो ।  
डायस्पोराका साहित्यिक हिरो होमनाथ सुबेदीले यो कार्यक्रम बिशेष प्रकारको र सदा भन्दा फरक भन्दै कार्यक्रमका अतिथिहरुलाई समर्पण गरी कविता बाचन गर्नुभएको थियो भने सम्मानित साहित्यकार त्रय: अधिकारी, क्षेत्री र अर्यालले सम्मान पछि नेपाली भाषा
साहित्य कलाका बारेमा मन्तब्य राख्दै कविताहरु बाचन गर्नुभएको थियो । 
साहित्यकारहरु हेमन्त श्रेष्ठ, रामप्रसाद खनाल, बासु श्रेष्ठ, नारायण अधिकारी, प्रेम सङ्रौला,  भूपनारायण घर्ति मगर, रबिन्द्र श्रेष्ठ, परशु श्रेष्ठ, नीरा शर्मा, पुरु सुबेदी, चेतन सिटौला, रजनी श्रेष्ठ, कल्पना सुबेदी लगायत आदिले आ आफ्ना कविता बाचन गर्नुभएको थियो ।
कार्यक्रममा मन्जु सङ्रौला, खेम संग्रौला, मन कुमारी थापा र रामप्रसाद खनालले गीत गाउनु हुँदा माहोल रँगिन लाग्दथ्यो । बिशेष गरी अतिथिहरु दिनेश अधिकारी र एल बि क्षेत्रीका कविता एक पछि अर्को गर्दै जाँदा सहभागीले कविताको आज बेग्लै मज्जा पाइयो भन्दै कवितामा मनमुग्ध देखिन्थे । अनेसास वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट आयोजित यो कार्यक्रममा खुल्ला गरिएको थिएन करिब चार दर्जन साहित्यिक क्षेत्रका पात्रहरु कार्यक्रममा सहभागी थिए । 
कार्यक्रमको अन्त्यमा कविडाँडा साहित्य समाज चितवनका तर्फबाट अग्रज कवी एल बि क्षेत्रीले अनेसासका वाशिङटन डिसी अध्यक्ष खनाललाई मायाको चिनो र केही पुस्तकहरु उपहार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्