Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारलाई तत्कालै ४० लाख अनुदान, अनि वर्षभरीलाई २० देखि ३० लाखको प्याकेज !


काडमाडौं । सञ्चार संस्था/संगठनमा आवद्ध पत्रकारहरुलाई सरकारले डबल फाइदा गराएको छ । पत्रकार तथा संचारकर्मीहरुको भनिएको संस्थाहरुका लागि केहि अनुदान तथा मोटो रहकमको आर्थिक प्याकेज बनाएर सरकारले डबल फाइदाको ब्यवस्था मिलाएको हो । 

सरकारले आर्थिक वर्षको अन्त्यमा पत्रकार एवं सञ्चार क्षेत्रसँग सम्बन्धित २२ वटा संघ संस्थालाई सिधै  ४० लाख आर्थिक अनुदान दिएको छ । भने वर्षभरीका लागि २०देखि ३० लाखको आर्थिक प्याकेज समेत बनाएको छ । 
तर विगतमा जस्तै सिधै यसपटक पैसा पाउने छैनन । संस्थाको नाममा पैसा दिने भए पनि यसपटक भ्याट दर्ता, लेखा परीक्षण, संस्था नवीकरण लगायतका धेरै कागजात दिनुपर्ने ब्यवस्था गरिएको छ । 
तर सबैभन्दा फाइदाको कुरा के रहेको छ भने यस वर्ष अर्थ मन्त्रालयले पत्रकारसम्वद्ध संस्थाहरुलाई वाषिर्क बजेट को नै व्यवस्था गरेको छ । 
जसअनुसार वर्षभरीलाई २०देखि ३० लाखको छुटै प्याकेज विनियोजन गरिएको छ । जसअनुसार पत्रकार महासंघलाई ३० लाख भन्दा बढी रकम विनियोजन गरिएको छ ।
त्यस्तै प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, प्रेस युनियन, रिपोर्टस क्लब, मधेसी पत्रकार समाज, मधेसी पत्रकार संघ, सामुदायिक रेडियो प्रसारक संघजस्ता संस्थालाई कम्तिमा २० देखि ३० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको र सो रकम खर्च गर्नका लागि ती संस्थाले वाषिर्क कार्यक्रम पेश गर्नुपर्ने ब्यवस्था गरिएको छ । 
तत्कालै अनुदान पाउनेहरु :

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्