Logo
६ बैशाख २०८१, बिहीबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रन्किए गठबन्धका संयोजक यादव: ‘वार्ता को सँग गर्ने तपाई नै भन्नुस् ?’

काठमाडौं । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ताको नौटंकी गरेको आरोप लगाएका छन् । 
न्यूज अप्रेशनको जिज्ञासामा उनले भने ‘अब वार्ता कोसँग गर्ने तपाई नै भन्नुस्’ । कमल थापा संयोजक रहेको वार्ता समिति भंग भैसकेको उल्लेख गर्दै अहिलेकै अवस्थामा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने प्रतिबद्धता नआएसम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । 
यादवले अब हुने वार्तालाई निर्णायक बनाउनका लागि केपी ओलीसँग शेरबहादुर देउवा र प्रचण्ड समेत सहभागी हुुनुपर्ने उनको तर्क छ । यादवले भने,‘ओलीसँग मात्रै वार्ता गरेर निकास निस्कने पनि ठोकुवा गरे ।
हामीले अहिलेसम्म ३६ पटक वार्ता गरिसक्यौं, खोई त निकास निस्केको ?’ सरकारले आन्दोलनमा घाईते भएकाहरुलाई उपचार खर्च, मृत्तकका आफन्तलाई पैसा दिनुपर्ने र आफ्ना कार्यकर्तालाई राजनीतिक प्रतिशोधका आधार लगाईएका झुटा मुद्दा फिर्ता लिनु पर्ने माग पहिला संबोधन गर्न यादवले आग्रह गरेका छन् ।
यादवले सरकारले पैसा पठाईसकेको भनेर झुठो कुरा गरेको समेत आरोप लगाए । उनले भने,‘सरकार पैसा पठाईसकियो भन्छ्, तर खोई कहाँ पठायो ? हामीलाई अहिलेसम्म अत्तोपत्तो छैन् ।’
गठबन्धनका संयोजक यादव यथास्थितिमा वार्ताको कुनै सम्भावना नभएको तर्क गर्छन् भने उता मोर्चाकै प्रभावशाली नेता द्धय राजेन्द्र महतो र महन्थ ठाकुर भने वार्तामा बस्नुपर्ने बताउँछन् । मोर्चाको किचलोको बारेमा न त यादब बोल्छन् न त  महतो र ठाकुर नै । 

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्