Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएलसी रिजल्ट: गणितमा सबैभन्दा बढी ए प्लस, दोस्रो बढी अंग्रेजी विषयमा !


काठमाडौं । बिहीबार प्रकाशित एसएलसी परीक्षाको परिणामअनुसार अनिवार्य गणितमा सबैभन्दा बढीले ए प्लस ल्याएका छन् । २३ हजार ३ सय ३५ विद्यार्थी अनिवार्य गणितमा ए प्लस ल्याउन सफल भएका छन् । 
९ तहको ग्रडिङ सिस्टममा ए प्लस सबैभन्दा उत्कृष्ट हो । ९० देखि १०० प्रतिशतसम्म नम्बर ल्याउनेहरुलाई आउटस्ट्यान्डिङ मान्दै ए प्लस प्रदान गरिन्छ।
दोस्रो बढी ए प्लस ल्याउने विषय अनिवार्य अंग्रेजी बनेको छ। अनिवार्य अंग्रेजी विषयमा १२ हजार ५ सय ५२ जनाले ए प्लस ल्याएका छन् ।
सबैभन्दा बढीले ए प्लस ल्याएको अनिवार्य गणित विषयमा नै सबैभन्दा धेरै विद्यार्थीले तल्लो तहको ई पाएका छन् । राष्ट्रिय तहबाट एसएसली बोर्डले सार्वजनिक गर्ने यो नै अन्तिम परीक्षाफल पनि हो।
परिणामअनुसार अनिवार्य गणितमा ई ल्याउनेहरुको संख्या १ लाख ४६ हजार ९ सय ३५ छ। दोस्रो सबैभन्दा बढी ई आउने विषय अनिवार्य विज्ञान रहेको छ। १ लाख १० हजार २ सय ७४ विद्यार्थीले ई पाएका छन्।
गत वर्षको चैत महिनामा भएको एसएलसीको परिणाम बिहीबार प्रकाशित भएको हो। ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो परीक्षाफल हो। 
कुन विषयमा कतिले कुन ग्रेड पाए ?


प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्