Logo
१२ बैशाख २०८१, बुधबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी मन्त्री पैसाको लागि जे पनि गर्न तयार छन् : मन्त्रीकै कारण ठूला आयोजना संकटमा !


काठमाडौँ । नेकपा एमालेमा एक जना यस्ता नेता छन् जो पैसाका लागि जस्तो सुकै हर्कत गर्न पनि तयार छन् । उनी हाल नेपाल सरकारका रक्षामन्त्री हुन् त्यसमाथि एमालेको उपाध्यक्ष पनि हुन् । 
उनी नेपाली राजनीतिमा फरक रुपमा चिनिएका नाम पनि हुन् तर उनी पैसाका लागि मरिहत्ते गर्ने एमालेका धेरै नेताहरुमध्ये एक हुन् । उनै रावलका कारण नेपालका केही महत्वपूर्ण र ठूला आयोजनाको लागत दिन प्रतिदिन बढीरहेको छ । 
सम्वद्ध स्रोतकाअनुसार रावलले सरकारले प्राथमिकतामा राखेर अगाडि बढाएका आयोजना प्रमुखलाई फोन गर्दे आफूलाई हेलिकोप्टर उपलब्ध गराइदिन धम्की दिने गरेका छन् । उनले सिक्टा सिंचाई आयोजना, चमेलिया जलविद्युत् आयोजना मात्रै होइन विवादमा फस्दै आएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जिमएमआरलाई पनि पटक–पटक हेलिकोप्टर उपलब्ध गराइदिन भन्दै धम्की दिने गरेका छन् । 
आफूले भनेको समयमा हेलिकोप्टर, रसद पानी र महंगा रक्सी उपलब्ध नगराए अप्ठ्यारोमा पारिदिने भन्दै धम्की दिने गरेको एक आयोजना प्रमुखले बताए । ती आयोजना प्रमुखका कारण पश्चिम नेपालको जुनसुकै जिल्लामा जानका लागि उनले विभिन्न स्रोतबाट खर्च जुटाएको भन्दै आयोजनासँग रकम उठाउने गरेका छन् । 
रक्षा मन्त्रीको नाममा नेपाली सेनाको हेलिकोप्टरको पनि उनले चरम दूरपयोग गरेका छन् । पार्टी काममा राज्यको स्रोत र साधनको दुरुपयोग गर्न नपाइने भएपनि उनले अछाम जान मात्रै दश पटक भन्दा बढी विभिन्न आयोजनाका हाकिमलाई फोन गरेर सेनाको हेलिकोप्टर उपलब्ध गराएदिन धम्की नै दिने गरेको स्रोतको दावी छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्