Logo
७ बैशाख २०८१, शुक्रबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले पनि दिए प्रचण्डलाई यस्तो उजुरी ! ” कांग्रेसका थुप्रै निर्दोष कार्यकर्ता मारिए”

काठमाडौं, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयोगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेसका थुप्रै निर्दोष कार्यकर्ता मारिएको , राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएकालगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको छ ।
दाहालको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिताविपरीत जनता र जनताको सेवकको हत्या अपहरणलगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयोगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए । उनले अक्षम्य अपराधको निष्पक्ष छानविन हुनुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।
उजुरीमा २०६० भदौमा कैलाली जिल्लाको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै देउवा चढेको गाडीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्