Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको हेपाहा प्रवृति बिरुद्ध पार्टि भित्र गम्भीर छलफल हुने – कांग्रेस नेता सिंंह

काठमाण्डौ । नेपाली कांग्रेस  नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंंहले सरकारले प्रमुख प्रतिपक्ष दल  लगायत शीर्ष राजनीतिक सहमति नगरि हचुवाको भरमा ल्याएको निर्वाचन तालिकामा निर्वाचन हुन नसक्ने बताउनु भएकोछ । 
सरकारको यस्तो हेपाहा प्रवृति बिरुद्ध पार्टि भित्र गम्भीरता साथ छलफल गरेर घघिबढ्ने समेत बताउनु भएकोछ । सरकार हचुवाको भरमा सत्ता टिकाउन निर्वाचनको नारा दिएर मुलुकमा राजनितिक सहमतिको बाधक बनिरहेको समेत बताउनु भयो । 
कांग्रेस संबै भन्दा बढि चुनावको पक्षमा रहेको दल भएको समेत प्रस्टाउदैँ प्रमुख प्रतिपक्षी  कांग्रेससगँ कुनै छलफल नगरि एकलौटि ढंगमा चुनाव गरेर देखाउन सरकारलाई चुनौति समेत दिनुभएकोछ । भुकम्प पिडितका नाउमा समेत राजनीति गरेर वास्तविक पिडितहरुलाई समेत राहत र पुर्नबास को कुरामा पक्षपात गरिरहेकाले यसलाई कांग्रेसले कडारुपमा उठाउने समेत बताउनु भएकोछ ।
 सरकार काममा भन्दा कुरागरेर भुलभुलैयामा मुलुक लाई अस्तिरतामा लान उद्दत रहेको समेत आरोप लगाउनुभएकोछ ।
 राजनीति सहमति जुटाएर समतिकासाथ अघि बढ्नुपर्ने मा एकलौटि रुपमा चलेकाले सहमतिको कुरा भन्दा बातारिण निर्माण गरेर मुलुकलाई निकास दिन समेत आग्रह गर्नु भउको छ ।

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्