Logo
८ बैशाख २०८१, शनिबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम लोकतान्त्रिकमा किचलो:यसकारण आजको पत्रकार सम्मेलन स्थगित !

काठमाण्डौ । बिजयकुमार गच्छदार नेतृत्व फोरम लोकतान्त्रिकमा भएको किचलोले ठुलै रुप लिएको छ ।   सरकार छोड्ने विषयमा फोरम लोकतान्त्रिकका नेताहरुले  आन्तरिक रुपमै कडारुपमा प्रस्तुत भए पछि  आज हुने भनिएको पत्रकार सम्मेलन नै स्थगित गरिएको हो । 
सरकारमा बसेर पनि  मधेसका समस्यामा फोरम लोकतान्त्रिकले केहि गर्न नसकेको भन्दै केहि नेताहरु गर्जिए पछि अध्यक्ष  बिजय गच्छदार उनीहरुलाई सम्झाएर भोलीमात्र पत्रकार सम्मेलन गर्ने रणनीति तय गरेका छन् । 
जितेन्द्र देव र बिजयकुमार गच्छदारसमुह बिच आज पनि सत्ता छाड्ने कुरा बारे चर्का चर्की भएको समाचार स्रोतले बताएको छ । त्यस्तो चर्का चर्की केहि होइन् हामी छलफलमै छौं भोली ३ बजे पत्रकार सम्मेलन तोकीएको छ पार्टीका मुख्य सचिब परमानन्द मेहताले एनभीएम ग्रुपलाई भने ।
उता केहि नेताहरुले पार्टीको लाइन विपरित सार्वजनिक रुपमा बोलेको भन्दै फोरम लोकतान्त्रिक भित्र किचलो सुरु भएको हो । फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले अब सरकार छाड्न पर्ने बताए पछि यस्तो कुरा चर्चामा आएको हो ।
उनले आठ बुँदे सम्झौता लगायत सरकारका कामकारबाहीमा असन्तुष्टि जनाउँदै फोरम लोकतान्त्रिकले एमाले नेतृत्वको सरकार छाड्ने लगभग निश्चित भएको बताउदैँ आएका छन् ।
‘अहिलै सरकार फेर्ने कुरा पार्टीभित्र छैन, त्यो गलत कुरा आएको हो, उनले व्यक्तिगत विचार व्यक्त गरेको होला तर पार्टीको धारणाविपरित बोलेको भनेर  स्पष्टीकरण सोध्दै छौं अर्का एक नेताले भने ।
‘राष्ट्रिय सहमतिको सरकार बन्छ र साना ठूला सबै दल आउँछन् भने मात्रै सरकार परिवर्तनका कुरा हुने हो। नत्र सरकार छाड्ने कुरा आउदैन उनले भने । अब बस्ने केन्द्रीय सदस्यको बैठकले  जितेन्द्र देवलाई कारबाहि समेत गर्न सक्ने संभावना बढेको छ ।
त्यसो त गच्छदार सत्ता छाड्न मान्दैनन् भने देवले अब पार्टी सत्ता छाडेर संघिय गठबन्धनको अनसनसगँ आन्दोलनमा लाग्नु पर्ने बताउदैँ आएका छन् । 
उता देवले पार्टी भित्र पदको बार्गेनिङ्ग गरिरेका छन् , पहिले महासचिब रहेका देब अब त्यो भन्दा पनि माथिको पदका लागि पदको बार्गेनिङ्ग गरेको गच्छदार निकट एक नेताले बताए ।

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्