Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यले जनयुद्ध शैलीमा आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राउः विप्लव

दिनेश ठाकुर, नेपालगञ्ज ।  विप्लव माओवादी द्धारा राज्य आंतकको संज्ञा बिना कारण आफ्ना कार्यकर्तालाई पक्राउ गरि झुठा मुद्दा चलाउनुलाई नेकपा माओवादीले राज्य आतंकको संज्ञा दिएको छ ।

शनिबार बाँकेको कोहलपुरमा पत्रकार सम्मेलन गर्दै नेत्र विक्रम चन्द विप्लव निकट रहेको नेकपा माओवादीले राज्य आतंकको संज्ञा दिएको हो ।

राज्यले जनयुद्ध शैलीमा आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राउ गरि झुठा मुद्दा लगाइरहेको भन्दै त्यसको प्रतिकार गर्ने समेत जनाएको छ ।
नेकपा माओवादीका जिल्ला सेक्रेटरी अशोक पोखरेलले राज्यले आतंकारी व्यवहार नरोके त्यसको प्रतिकार स्वरुप जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने बताए । देशमा भइरहेको भ्रष्टाचार, गुुण्डाराज कालोबजारी नियन्त्रणको प्रयास स्वरुप पप्पु कन्ट्रक्सन र एनसेलको टावरमा आगलागी गरेको जिल्ला सेक्रेटरी पोखरेलले स्पष्ट पारे बताए ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्