भट्टराई भन्छन्, तिमी जुन झै हासे म खुशीले बाचौँलाI
प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरिरहने रचनाकाहरु हाल दिनाँनु दिन बढ्दै गएको पाइन्छ ।
यस्तै एक उदाहरण बन्न पुगेका छन् नेपालको बझांगमा जन्मेर कोरीयालाई कर्मथलो बनाउदै आएका मोहन राज भट्टराई ।
भट्टराईको हालमात्रै तिमी जुन झै हासे म खुसिले बाँचौला….तिमि शुखमा बाचेका म खुसिले नाचुला…बोलको गीत रेकर्ड भएको छ ।
यीनै रचनाकारको यस गीतमा सुमधुर आवाजका धनि राजेश पायल राई ले आवाज दिएका छन् । यस्तै गीतलाई संगीतकार राजशुक्र लिम्बू ले संगीत दिएका छन् भने गीतका एरेन्जर हुन् बाबूल गिरी ।
आधुनिक तथा सेन्टिमेन्टल यस गीतमा मोहनराजको गीती शब्दहरुले हरेक जोडिहरुमा प्रेमको भावना उर्जागर गर्ने देखिन्छ । हालसालै मात्रै रेकर्ड भएको यस गीतमा माया के हो कस्तो हुनुपर्छ भन्ने कुरालाइ समेत देखाउन खोजिएको छ ।
मोहनका अनुसार अब यस गीतको म्युजिक भिडियो समेत बनाउने सोच रहेको छ । मोहनको रचनामा अनि शब्द मा खै के त्यस्तो जादुछ कुन्नि उनले लेखेको यो गीत निकै उत्कृष्ठ बनेको छ । गीतको भावले नै झल्काउछ कि यो गीत निकै प्रमिल र चोखोमाया को भावनामा आधारीत रहेको छ । हाल उनको यस गीत युटुबमा सार्वजनिक भैसकेको छ ।
सानै उमेर देखि गीत संगीत र साहित्यमा रुचि राख्ने मोहन घरको जेठा छोरा हुन् । आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार मोहनले आगामी दिनहरुमानि यस्ता यस्तै आधुनिक गीतहरुको रचना गर्ने बताएका छन् ।
सानै देखि गीत गजल कविता लगायतका साहित्य सृजनामा लाग्दै आएका मोहनको संख्यात्मक रुपमा धेरै गीत रचना भने भएका छैनन् । तरपनि उनको यो कदमले नेपाली साँगेतिक जगतमा एक इटा थप्ने कार्यमा साथ दिएको छ ।
निकै नै मिजासिला र मिलनसार स्वभावका भट्टराई सँगीतमा रमाउन मन गर्दछन्। जे जस्तो भएता पनि सफल रचनाकारको यो सपना पुरा भएकोमा उनलार्इ बधाइ पनि ।