Logo
१३ बैशाख २०८१, बिहीबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानी दैनिकको समाचारलाई लिएर कांग्रेस प्रभावशाली नेता खड्काले जनाए यस्तो आपत्ती

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले राजधानीबाट प्रकाशित एक दैनिकको समाचारलाई लिएर गम्भिर आपत्ती जनाएका छन् ।

  गत जेष्ठ २७ गते प्रकाशित राजधानी दैनिकको प्रथम पृष्ठमा खुमबहादुर खड्का निकट समुहको हवाला दिदैँ प्रकाशित समाचार शिर्षक सर्वोच्च अदालतले भन्यो ,न्यायाधीश सिफारिस परीक्षणको अन्तिम जिम्मेवारी संसद्को भन्नेमा आफ्नो नाम जोडिएकोमा खड्काले गम्भिर आपत्ती जनाएका हुन् ।

 म गएकोे १० दिन देखि स्वास्थ्य उपचारको क्रममा भारत छु । सम्मानित सर्बोच्च अदालतको कामु प्रधान न्यायधिस सुशिला कार्कीका सम्बन्धमा मरो नाम काल्पनीकरुपमा जोडिएकोमा गम्भिर असहमती रहेको जनाउन चाहान्छु , खड्काले विज्ञप्तीमा भनेका छन् ।

उपचारकै क्रममा म भारत नै रहेकाले साथीहरुले समचारको बारेमा बताउदाँ आफु छक्क परेको बताउदैँ सर्बोच्चको इतिहासमै पहिलो पटक महिला प्रधान न्यायधिस भएर न्याय क्षेत्रमात्रै नभई सारा नेपाली जनताले गौरब गर्ने बिषयमा म कसरी बिरोध गर्न सक्छु बिज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्