Logo
१५ चैत्र २०८०, बिहीबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीयारीले भने, ‘मधेशीका नाममा नेपालमा भारतलाई गाली’

काठमाडौं । भारतीय जनता पार्टीका नेता भगतसिंह कोशीयारीले नेपाल–भारत सम्बन्ध कसैले चाहेरपनि विगार्न नसक्ने दाबी गरेका छन् । नेपाल–भारत सम्बन्धका सुधारका लागि बनाइएको प्रवुद्ध समतिका सदस्य समेत रहेका नेता कोशीयारीले मधेशीका नाममा नेपालमा भारतलाई गाली दिने कार्य भइरहेको आरोप लगाए ।
‘यो देशको मूल समस्या नै मधेश र मधेशी हो तर यसैको नाममा भारतलाई गाली गरिने कार्य भइरहेको छ ।’ एनभीएम ग्रुपका प्रतिनिधिसगंको विषेश कुराकानीका उनले भने,‘यो देशको मधेशी र पहाडी दुवै समुदायसग भारतको रगतको नाता रहेको भन्दै भारत कहिले पनि दुई आखाँ हेरेको छैन । ‘यद्यपी, यसपटक म नेपाल–भारत सम्बन्ध सुधार्नकै लागि आएको हुँ, सम्बन्धमा चिसोपना हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।’ उनको भनाई थियो  । 
आन्दोलनरत सघिय गठबन्धन आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीको सोमवारबाट नवपरासीमा सुरु हुने प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार काठमाण्डौ आएका नेता कोशीयारीले अब गरिने भनिएको तीनवटै निकायको निर्वाचन सफल बनाउन आन्दोलनरत मधेशी दलहरुलाई समेत सहमतीमा ल्याएर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए ।  ‘मधेशी मोर्चाको मागहरु विस्तारै सम्बोधन हुँदै गए र  संशोधनमार्फत सहमति खाजिनु पर्दछ’ ।

उनले बताए अनुसार काठमाडौं बसाईका क्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनका अनुसार उनले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाका शीर्ष नेताहरुसँग भेट गर्नेछन् । 

यता, सोमवारदेखि सुरु हुने तमलोपा महाधिवेशनमा भाग लिन उनी काँग्रेस सभापति शेरबहादुर देउवासँगै नवपरासी जान लागेका छन । नवलपरासीको कार्यक्रम सकेर उनी मगलवार काठमाडौं फर्कने कार्यक्रम रहेको बताए । 

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्