Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा देखियो डाक्टरहरुको यस्तो रमिता, स्वास्थ्य संस्था ठप्प

वीरगञ्ज । केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली चिकित्सक डाक्टर पक्राउ गरेको विरुद्धमा वीरगञ्जमा जुलुस निस्किएको छ  ।  निजी तथा सरकारी स्वास्थ्य संस्था ठप्प पारेर आज जुलुस नै प्रर्दशन भएको हो । 

नेपाल चिकित्सक सङ्घ वीरगञ्जको आह्वानमा निस्किएको बिरोध जुलुस वीरगन्जको नगर परिक्रममा गरि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको थियो र प्रमुख जिल्ला अधिकारी केशबराज घिमरेलाई चिकित्सक सङ्घ वीरगञ्जका उपाध्यक्ष डा प्रमोद सर्राफले ज्ञापनपत्र समेत बुझाएका छन् ।
बिना सर्त समेत  डाक्टरहरू छाड्न आन्दोलनकारीले दवाब दिएका छन् । पक्राउ परेका डाक्टरहरूको अविलम्ब रिहाई नभए २४ घण्टाभित्र वीरगञ्जक सरकारी तथा निजी अस्पतालहरुको आकस्मिक सेवासमेत बन्द गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्