Logo
१५ चैत्र २०८०, बिहीबार
(June 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नक्कली डाक्टर भन्ने थाहा पाएको भए बिहे नै गर्ने थिइनँ’

काठमाण्डौ , ६ असार । प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य नेपाल प्रहरीका एसपी डा। सुवास आचार्यका भाई हुन् । डा। सुवास नेपाल प्रहरीको अस्पातालमा कार्यरत छन् । त्यस्तै जोरपाटिको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रस नेताहरुका बुहारी हुन् ।
प्रहरी अधिकारीका अनुसार श्रीमान श्रीमतीलाई पनि आफ्ना जिवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन् । ‘यसको प्रमाणपत्र नक्कली छ भन्ने थाह भएको भए बिहे नै गर्ने थिइनँ,’आफ्नी श्रीमती पक्राउ परेपछि उनका श्रीमान सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए ।
पक्राउ परेका ३६ मध्य ६ जना महिला छन् । नवराज मैनाली काठमाण्डौ, ६ असार प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हाजार पाँच सयमध्य डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ ।
त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेशन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । 
जसमा प्रतिष्ठित चिकित्सक समेत छन् ,नयाँ पत्रिकामा खबर छ । उनीहरुलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । 
‘हाम्रो अनुसन्धानमा करिव १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गर्दै छौँ ।’

प्रकाशित मिति: Jun 20, 2016

प्रतिक्रिया दिनुहोस्