Logo
८ बैशाख २०८१, शनिबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी मोर्चाद्वारा सदनको बैठक बहिस्कार ,अफगानिस्तानमा मारिएका नेपालीको शब कहिले आउछ ?

काठमाडौँ, ७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा धारणा राख्ने सांसदले अफगानिस्तानको काबुलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै घाइते नेपालीको स्वास्थ्योपचार गराउन र शव मुलुक ल्याउनेतर्फ तत्काल पहल गर्न आग्रह गरेका छन् । अफगानिस्तानमा मारिएका नेपालीको शब कहिले नेपाल आउछ भन्दै संसद्मा सांसदहरु रन्किएका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइरहेको अवस्थामा सरकारका मन्त्रीहरुले नै त्यसविरुद्ध बोल्दै हिँडेकोप्रति आपत्ति जनाउँदै उहाँहरुले भूकम्पपीडितले हालसम्म पनि राहत पाउन नसक्नाको कारण सदनलाई जानकारी गराउन भनेका छन् ।

यस्तै केही सांसदले भने भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण नेकपा ९एमाले०को कार्यकर्ता भर्ती गर्ने एनजिओ हो कि भूकम्प प्रभावित जनतालाई राहत प्रदान गर्ने निकाय हो भनी प्रश्न गरे ।

कर्णाली अञ्चलमा खाद्यान्नको चरम सङ्कट उत्पन्न भए पनि खाद्यान्न आपूर्ति गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै सुरक्षा निकायलाई ढुवानीको व्यवस्था गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

यसरी धारणा राख्नेमा राज्यलक्ष्मी श्रेष्ठ , रामअवतार पासवान, रामवीर मानन्धर, रामहरि सुवेदी, रामहरि खतिवडा,  रीता शाहीलगायत बोलेका थिए ।
यसै बिच मधेसी मोर्चाद्वारा सदनको बैठक बहिस्कार गरेको खबर छ ।

सरकारले मधेसी मोर्चासँग वार्ता गर्नेतर्फ कुनै ध्यान नदिएको र विरोधी समूहलाई विश्वासमा लिनेतर्फ कुनै पहल नगरेकामा गुनासो गर्दै मोर्चासँग यसअघि भएको आठबुँदे सहमति लगायत विभिन्न सम्झौता कार्यान्वयन गर्न मधेसी सांसद्को आग्रह रहेको छ ।

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्