Logo
७ बैशाख २०८१, शुक्रबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइसिटी स्टार्टअप अवार्ड २०१६ भव्यताको साथ सम्पन्न (फोटो फिचर)

काठमाण्डौ । काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड टावर (पाँचौ तल्ला) मा सुस्मित आइसिटी स्टार्टअप अवार्ड २०१६ भव्यताको साथ सम्पन्न भएको छ । सूचना तथा सञ्चार मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा सूचना प्रविधिको क्षेत्रमा आफ्नो सेवा तथा प्रडक्टहरु उपलब्ध गराउदै आएका उत्कृष्ट ४ आइसिटी स्टार्टअप कम्पनीहरुलाई यस अवार्डमार्फत सम्मान गरिएको थियो ।

त्यसैगरी, नेपालका अग्रज कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई आइसिटी पायोनियर अवार्ड २०१६ ले सम्मान गरेको छ । लिभिङ विथ आइसिटीले आफ्नो चौथो वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

आइसिटी स्टार्टअप अवार्ड २०१६ लाई सुस्मित इन्टरनेशनले शीर्ष प्रायोजन गरेको थियो भने नाफिक्स टेक्नोलोजी असोसिएट स्पोन्सरको रुपमा रहेको थियो ।

अन्तिम प्रतिस्प्रधामा रहेका १० आइटी स्टार्टअपहरुमा एमिनेन्स वेज, गुर्खा टेक्नोलोजी, आइटेक नेपाल, कुल टेक्नो ल्याब, मन्त्र आइडियाज, फुन्का टेक्नोलोजी, सस्तो डिल कम्पनी, स्मार्ट समाज, ह्वाइट स्पेस र एल्लो नेपाल मनोनयनमा परेका थिए ।

कार्यक्रममा सूचना तथा संचार मन्त्रालय, बिज्ञान प्रबिधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, आइटी बिभाग, नेपाल टेलिकमको सहयोग रहेको थियो।

त्यसैगरी क्यान महासंघ, आइसिटी एसोसिएसन अफ नेपाल, उद्यमी घर, बुलगार्ड, ई सेवाको समेत सहकार्य रहेको थियो । टेक्सास कलेज, नेटिस, बिधी, नेपाल सर्टिफांइंग कम्पनि, वोर्ल्डलिंक , न्युज एजेन्सी नेपाल, डेल्टा ल को सहयोग रहेको पनि रहेको थियो ।

उक्त कार्यक्रममा सहयोगीहरु सबैलाई मायाँको चिनो प्रदान गरिएको थियो । अन्तमा रात्रिभोज सहित कार्यक्रमको समापन भएको थियो ।


तस्विर : एनभिएम मिडिया ग्रुपको लागि सागर श्रेष्ठ, त्रिपुरेश्वर, काठमाण्डौ ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्