Logo
१२ बैशाख २०८१, बुधबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण्डा नाइके जसवन्त राईलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा

काठमाडौं । गुण्डा नाइके जसवन्त राईलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । उनलाई दुई राउण्ड गोली लागेको छ भने प्रहरीले घाइते अवस्थामा बीर अस्पताल पुर्याएको छ ।

जबरजस्ती रकम उठाउने गरेको उजुरीका आधारमा पक्राउ गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीमाथि राई उल्टै जाइलागेपछि प्रहरीले गोली प्रहार गर्दा उनी घाइते भएका हुन् ।

उनलाई नियन्त्रणमा लिन खोज्दा उल्टै जाइलागेपछि गोली चलाइएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्