Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपकुलपति भण्डारी भन्छन- ‘अख्तियार मेरो हो, कसले के गर्छ? पाटन अस्पतालमा खैलाबैला I


काठमाडौं । पुरानो अस्पतालको रुपमा रहेको पाटन अस्पताल पदाधिकारीहरुको लापरवाहीका कारण तहसनहस बन्ने अवस्थामा पुगेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले मनोपोली ढंगले कामकारबाही गरेको भन्दै पदाधिकारीहरु आक्रोशित पोख्दै यस्तो अभिव्यक्ति दिने गरेका छन् ।
आठ महिनादेखि कार्यकारी परिषदको बैठक बसेको छैन, कर्मचारी नियुक्ती गर्दा विभागीय प्रमुखलाई वाइपास गरेर उपकुलपति भण्डारी आफै अन्तर्वार्ता लिई आफू अनुकुलको कर्मचारी भर्ना गरी आफूखुसी गर्न थालेको पदाधिकारीहरुको आरोप रहेको छ । 
तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोलाई आर्थिक प्रलोभनमा पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त भण्डारीले केही समययता नियमविपरीत प्रतिष्ठानको काम गर्दै आएको पाइएको छ । प्रतिष्ठानको कार्यकारी परिषद्मा सदस्य संख्या पूर्ण भए पनि आठ महिनादेखि परिषद् बैठक नबोलाएकी भण्डारीले एकल निर्णयका आधारमा प्रतिष्ठानको काम गरिरहेको बताइएको छ ।
कर्मचारी नियुक्ति गर्दा विभागीयप्रमुखलाई ‘बाइपास’ गरेर आफूखुसी नियुक्ति गर्ने उनी पाटन अस्पताललाई आवश्यकीय सामग्री खदिरका लागि समेत आफैं दौडने गरेको पाइएको अस्पताल स्रोतले बताएको छ । गतवर्ष भूकम्प गएको बेला अस्पतालले ६ करोडको सामग्री खरिद गरेको थियो । ‘करोडौंको सामग्री खरिद गर्दासमेत टेन्डर आह्वान गरिएन,’ अस्पतालका एक कर्मचारीले भने, ‘खरिद ऐनविपरीत ६ करोडको सामग्री किन्दा न मन्त्रालयले चासो दियो न त अख्तियार नै ।’ 
‘अख्तियार मेरो हो,’ भन्दै हिँड्ने संगीताले आफ्ना विरोधी कर्मचारीलाई भने अख्तियारकै धाक लगाएर तर्साउँदै आएकी छन् । पाटन अस्पतालका लागि अहिले एमआरआई र सिटिस्क्यान मेसिन खाँचो छ । तर, भण्डारीले त्यस्ता मेसिन किन्नु साटो स्वास्थ्य मन्त्रालयद्वारा पालितपोषित माफियासँग मिलेर अत्यन्त महँगो क्याथ ल्याब किन्ने चक्करमा छिन् । ‘क्याथ ल्याबको २० करोड जति पर्छ,’ पाटनका एक डाक्टर भन्छन्, ‘कमिसनका लागि त्यति महँगो मेसिन किन्न खोजिएको छ, त्यसभन्दा पहिले पाटनका लागि सिटिस्क्यान र एमआरआई मेसिन खाँचो छ ।’
सामान किन्ने काममा विशेष चासो राख्दै आएकी उनी महँगो मूल्यको सामान खरिद गर्दा टेन्डर प्रक्रियाबाट जानुको साटो कागजपत्र मिलाएर सिधै ‘डिल’ गर्न अगाडि सर्छिन् । राजेन्द्र महतो स्वास्थ्यमन्त्री हुनुअघि बीपी कोइराला क्यान्सर अस्पताल धरानमा कार्यरत भण्डारी महतोलाई रिझाएर पाटन आउन सफल भएकी थिइन् ।
महतोले उनलाई पाटनको भीसी नियुक्त गर्नासाथ पाटन अस्पतलाका डाक्टर, नर्स र कर्मचारीले उनको नियुक्तिविरुद्ध आन्दोलन गरेका थिए । त्यतिबेलाको आन्दोलन महिना दिनभन्दा बढी चलेको थियो । त्यसपछि प्रधानमन्त्री बने डा. बावुराम भट्टराई । भट्टराईले उनलाई विधिपूर्वक हटाएपछि उनी अदालत पुगिन् ।
दामोदर शर्मा प्रधानन्यायाधीश भएका बेला उनको मुद्दा फैसला भयो । उनलाई अदालतले पाटनमै पुनर्बहाली गरिदियो । त्यसपछि अदालतको निर्णय मान्ने भन्दै अस्पतालका कर्मचारी, डाक्टर र नर्सले भण्डारीका क्रियाकलापका आधारमा प्रतिक्रिया दिने निर्णय गर्दै आन्दोलन स्थगित गरे । हिजोआज भण्डारीले मनोपोली गर्न थालेपछि पाटनका कर्मचारी चकित परेका छन् ।
आफूनिकटका दुईरचारजना डाक्टर र कर्मचारीलाई काखा र अन्यलाई पाखाको व्यवहार गर्दै आएकी भण्डारीले डा. बुद्धि पौड्याल र डा. लक्ष्मी आरसीको बढुवाका लागि ‘क्राइटेरिया’ नपुगे पनि बढुवाका लागि पहल गर्दै आएको पाइएको छ । ‘क्राइटेरिया’ पुगेका उच्चतहका डाक्टरको बढुवा रोकेर आफूनिकटकालाई मात्र बढुवा गराउने खेलमा लागेकी भण्डारीसँग पाटन अस्पतालका अधिकांश डाक्टर र कर्मचारी क्रुद्ध छन् ।
उनले एकल निर्णयका आधारमा अस्पताललाई दीर्घकालिन असर पार्ने काम गर्न थालेपछि अस्पतालका डीन, रेक्टर र रजिष्ट्रारसँग धेरैपटक भनाभन र गालीगलौजको शैलीमा झगडा भइसकेको खोजतलासले जनाएको छ । उनको रवैयाबारे पूर्ण जानकार रहेको मन्त्रालय रमिते बनेर बसेको छ भने आफूखुसी कर्मचारी नियुक्ति गर्ने र विनाटेन्डर करोडौंको सामान खरिद गर्दासमेत अख्तियारले कुनै चासो दिएको छैन । भण्डारी उल्टै भन्छिन्, ‘अख्तियार मेरो हो, कसले के गर्छ ?’

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्