Logo
६ बैशाख २०८१, बिहीबार
(June 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पभूकम्पलाई एकमुष्ठ २ लाख दिनुपर्ने विषयमा सहमति नजुटेपछि संसद बैठक स्थगित

काठमाण्डौ । भूकम्पभूकम्पलाई एकमुष्ठ २ लाख दिनुपर्ने विषयमा सहमति जुट्न नसक्दा व्यवस्थापिका संसदको आजको बैठकपनि स्थगीत भएको छ । नेपाली काँग्रेसले एकमुष्ट २ लाख दिनुपर्ने माग राखेर बिहीबारदेखि अवरुद्ध गरेको बैठक आजपनि सहमति नजुटेपछि स्थगित भएको हो ।
काँग्रेसले राहतको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग राखेपछि बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम थियो । तर वैठक शुरु हुनुपूर्व भएको छलफलमा सहमति नजुटेपछि सवा १ बजे सूचना टाँस गरेर स्थगीत गरीएको हो । अर्को बैठक आईतबार बिहान ११ बजे बस्ने बताईएको छ ।
भुकम्पभूकम्पलाई एकमुष्ट राहत दिनुपर्ने मागमा प्रधानमन्त्री केपि ओलीले राहत खाजा बाँडेको जस्तो नभएको प्रतिकृया दिएको काँग्रेसले आरोप लगाएको छ । व्यवस्थापिका संसदको बंठक स्थगीत भएपछि प्रतिकृया दिँदै काँग्रेस नेता प्रकाशशरण महतले छलफलमा प्रधानमन्त्रीले रातह खाजा बाँडेजस्तो प्रतिकृया दिएकोले सहमति हुन नसकेको बताए ।
नेपाली काँग्रेसको सरकारले बनाएको नियमकै कारण भूकम्पभूकम्पलाई एकमुष्ट राहत दिन नमिल्ने सरकारले बताएको छ । अघिल्लो सरकारको समयमा एकमुष्ठ राहत दिनुपर्ने आवाज उठेपनि काँग्रेसले एकमुष्ठ राहत दिन नमिल्ने नियम बनाएका कारण अहिले एकमुष्ठ राहत दिन नमिलेको सरकारका कानुनमन्त्री अग्नी खरेलले बताए । 

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्