Logo
१३ बैशाख २०८१, बिहीबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातारको अबिरल बर्षाका कारण हाल बेहाल ! (हेर्नुस फोटो फिचर)

उदयपुर । लगातारको अबिरल बर्षाका कारण उदयपुरको जनजीवन प्रभावित भएको छ । अबिरल बर्षा संगै उदयपुर सदरमुकाम गाईघाट लगायत आसपासका विभिन्न गाउँहरु डुवान भएका छन् । साता दिन देखि उदयपुर लगायत आसपासका क्षेत्रमा लगातार बर्षा हुदा डुवान सुरु भएको हो । 
बर्षाका कारण नदि तथा खोला खहरेहरुमा पानिको बहाब बढ्न थालेपछि यातायातका साधनहरु ठप्प जस्तै भएका छन् । यातायातका साधनहरु संचालनमा आउन नसक्दा लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् । सवारी साधनहरु संचालनमा आउन नसक्दा गनतव्यमा निस्केका यात्रुहरु अलपत्र जस्तै बनेका छन् । 
बर्षाका कारण सडक नालीमा पानि ओभर फ्लो हुदा सडकहरु पूर्णरुपमा जलमग्न भएका थिए ।  सडक जलमग्न हुदा सडक यात्रु तथा सवारी आवगनमा समस्या परेको थियो । साता दिन यताको बर्षाका कारण उदयपुर सदरमुकाम गाईघाट मात्रै नभएर विभिन्न गाउँहरु डुवानमा परेको थियो । कतिपय स्थानमा भने नदि तथा खोलाले जग्गा कटान गर्न सुरु गरेको छ । पत्रकार विश्वराज तामाङको सहयोगमा 

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्