Logo
१३ बैशाख २०८१, बिहीबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनको औचित्य छैन, भन्दै राजेन्द्र महतोले गठबन्धनको यसरी खिल्ली उडाए !

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनको यस्तै खाले आन्दोलनले समस्या समाधान नहुने ठोकुवा गरे । दैनिकको १२ घण्टे अनसनमा नाच गान गरेर राज्यलाई दवाव सिर्जना नहुने भन्दै महतोले अबको आन्दोलन कडा पार्नु पर्ने जिकिर गरे ।
पार्टीको राष्ट्रिय कार्य सम्पादन समितिले असारको ४ गते देखि ९ गते सम्मको बैठकबाट गरेको निर्णयलाई पत्रकार सम्मेलन गरी सार्वजनीक गरेका महतोले उक्त कुरा बताएका हुन् । आज सम्म गठबन्धनको कार्यक्रममा सरिक नभएका महतोको उक्त कुराले गठबन्धन भित्र आन्तरिक द्वन्द रहेको प्रष्ट पार्छ ।
महतोले, गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव गठबन्धनको प्रचार गर्न अष्ट्रेलिया गएका हुन् , प्रचारले हैन दवावले राज्यले हाम्रो माग पुरा गर्छ । सरकारले कसलाई पत्र पठाउने भन्ने प्रश्न गर्दा, महतोले गठबन्धन र मोर्चा दुवैलाई पठाउँदा ठिक हुने यदपी मोर्चाको मागले जनजातीको पनि मागलाई समेटेको बताए । 
मोर्चा मधेश आन्दोलनबाट स्थापित भएकोले वार्ता मोर्चासंग हुदा न्याय हुने तर्क गरे । पार्टीले विभिन्न ३२ वटा विभाग गठन समेत गरेको छ । त्यस्तै पार्टीको आर्थिक सुदृढिकरणको उद्देश्यले आगामी मंसीर २१ गतेदेखी २७ गते सम्म पार्टीका सवै कार्य समितिहरुद्वारा पार्टी नेता कार्यकर्ता, उद्योगी, व्यापारी, किसान, मजदुर, बुद्धिजिवी, शिक्षक, कर्मचारी लगायत आमजनतासंग आर्थिक, जिन्सी सहयोग संकलन गरि “सहयोग संकलन सप्ताह” मनाउने बताएको छ ।
राष्ट्रिय कार्य सम्पादन समितिको बैठकले यस्ता निर्णयहरु गरेका छन्  :
१. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनद्वारा सरकार समक्ष राखेको माँग अविलम्ब पुरा गरी वीरगति प्राप्त गरेका योद्धाहरुलाई शहिद घोषणा, शहिदपरिवारलाई क्षतिपूर्ति पुरा गर्न यो बैठकले जोडदार माँग गरेको छ ।
२. आन्दोलनको अवधीमा आस्थाका आधारमा लगाईएका मुद्दाहरु अविलम्ब फिर्ता गरिनुपर्दछ साथै गिरफ्तार गरिएकाहरुलाई अविलम्ब रिहा गर्न यो वैठकले सरकारसंग जोडदार माँग गर्दछ ।
३. अहिंसात्मक शान्तिपूर्ण आन्दोलनमा राज्यद्वारा गरिएको अनावश्यक बर्बर दमन, जनताको व्यापक जनधनको क्षती एवं नश्लवादी नरसंहार सम्बन्धमा दोषी उपर कारवाही एवं पिडीतलाई न्याय एवं क्षतिपूर्तिको निम्ती उच्चस्तरीय निष्पक्ष न्यायिक छानवीन आयोग गठन गर्न यो वैठक माँग गर्दछ ।
४. आम हडतालको अवधीभरको राजस्व छुट, कर मिनाहा, व्याज छुट, विलम्ब शुल्क छुट गर्न यो वैठक माँग गर्दछ ।
५. हालसम्म भुकम्प पिडितले पुनः निर्माण सहितको राहत नपाउनु, राजनीतिक भागबन्डाका कारण पुर्ननिर्माण प्राधिकरण गति नलिनु अत्यन्तै लज्जास्पद कार्य रहेको वैठकले ठहर गरेको छ तथा वर्षायाम शुरु भईसकेको हुनाले अविलम्ब उक्त राहत प्रदान गर्न यो वैठक माँग गर्दछ ।
६. हालै मधेशको विभिन्न स्थानहरुमा भएको बाढीले पिडितभएकाहरुले सरकारका तर्फबाट उचित राहत नपाउनु लोककल्याणकारी राज्यको चरित्र होईन तसर्थ अविलम्ब पिडितहरुको निम्ति उचित राहतको व्यवस्था गर्न यो वैठकले जोडदार माँग गर्दछ ।
७. विभिन्न समयमा सशस्त्र भूमिगत संगठनहरुसंग सरकारले गरेको सम्झौता अनुरुप विभिन्न व्यक्तिहरुमाथि लगाईएका झुठा मुद्दाहरुको खारेजी एवं तिनिहरुलाई मुलधारको राजनीतिमा ल्याउने वातावरण बनाउन यो वैठकले सरकारसंग जोडदार माँग गर्दछ ।
८. गोल्डेन हेन्डसेकको नाममा अस्थाई शिक्षकहरुलाई सेवावाट वन्चित गर्ने उदेश्यले सरकारले अगाडी सारेको नीति अविलम्ब खारेज गरी अस्थाई शिक्षकहरुलाई शिक्षा सेवा आयोगको परिक्षामा समावेश गराउनुपर्ने र उतिर्ण हुन नसकेको शिक्षकलाई मात्र गोल्डेन हेन्डसेकको व्यवस्था गर्नु पर्नेमाँग यो वैठकले गर्दछ ।
९. उखु कटान अगावै उखुको मुल्य निर्धारण, मल, खाद, विउको उचित व्यवस्था गर्न सरकार संग माँग गर्दछ ।
१०. अफगानिस्तानको कावुलमा विद्रोही तालीवानको आक्रमणमा परी १३ जना नेपाली नागरिकको मृत्यू भएको प्रति पार्टी गहिरो दुखः व्यक्त गर्दछ ।
शोक सनतप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछ । उक्तः घटनामा घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । तालिवानले गरेको आक्रमण अत्यन्त निन्दनिय छ ।
त्यसको घोर भर्तसना यो बैठकले गर्दछ । मृतक परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्न तथा क्षतिपूर्तिको व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्न यो बैठकले माँग गर्दछ ।

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्