Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक ढकालद्धारा अपाङ् तथा दृष्टिविहिनलाई सहयोग प्रदान

काठमाडौं । गायक तथा समाजसेवी राजु ढकालले दृष्टिविहीन, अशक्त, असहाय र पीडित सुत्केरी महिलाहरुलाई नगदसहित सहयोग हस्तान्तरण गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपामा विशेष कार्यक्रम आयोजना गरि गायक ढकालले दृष्टिवीहिनलाई १७ थान सेतो छडी, अपाङ्लाई २ वटा ह्विलचेयर, ७ थान बैसाखी र दुई जना शारिरिक अपांगता भएका पीडित सुत्केरीलाई नगदसहित सहयोग प्रदान गरेका हुन् ।
सुनसरी क्यासेट ईण्डष्ट्रिज प्रा.ली. सुनसरीको आयोजनामा उक्त सहयोग हस्तान्तरण गरिएको हो । सहयोगको हस्तान्तरण भने नेकपा–माओवादी केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्मा, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एव्म बरिष्ठ पत्राकार ऋषि धमलाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले अपांग तथा असहायहरुलाई सहयोग गरेर राजु ढकालले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । उनले भने,‘ढकालजीको कामबाट म प्रभावित छु, आगामी दिनमा समेत तपाईका यस्ता सहयोगले निरन्तरता पाउन् ।’
नेता शर्माले आफूपनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यस्ता पीडितहरुलाई सम्पर्क गर्न आग्रह गरे ।
त्यस्तै क्लबका अध्यक्ष ऋषि धमलाले ढकालले समाजसेवामा उदाहरणीय काम गरेकोले सबै नेपालीहरु उहाँको प्रेरणाको स्रोत हुने दाबी गरे ।
उनले भने,‘दृष्टिविहिनहरुको समस्या तपाई हामी सबैको समस्या हो, राजुजीले आज आफ्नै समस्या सम्झेर यस्तो शुभ कार्य गर्नुभयो म निकै प्रभावित छु ।’ अरुको लागि बाँच्ने र अरुको लागि दिनरात सोच्ने व्यक्ति भएकाले ढकाललाई धमलाले महान समाजसेवीको संज्ञा दिए ।
नेपाल दृष्टिविहीन कल्याण संघका अध्यक्ष एवम् महेन्द्ररत्न ताहाचलका प्राध्यापक कुमार थापाले दृष्टिवीहिनहरुले समेत मुलुक र नेपाली जनताको नामलाई गौरव बनाउने काम गरिसकेको उदाहरण पेश गरे ।

 

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्