Logo
१२ बैशाख २०८१, बुधबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरीका नेपालीलाई जोड्ने ‘एप्पस’ लन्च

काठमाडौं । पच्छिलो समय इन्टरनेट प्रयोगकर्ताहरुको लागि विभिन्न किसिमको सामाजिक सन्जालहरु सूचना प्रविधि क्षेत्रमा तिव्रताका साथ आउने क्रम जारी रहेको छ । नेपालमा पनि सामाजिक सन्जालको प्रयोगकर्ता दिन प्रति दिन बढ्दै गएको एक अनुसंन्धानले देखाएको छ ।
नेपालमा सबै भन्दा बढी फेसबुक र ट्विटरको प्रयोगकर्ता बढी रहेको देखिन्छ । विश्व भरी छरिएर रहेका नेपालहरु पनि सबै भन्दा बढी फेसबकु र ट्विटरमा सक्रिय रहेको देखिन्छ । विश्वका धेरै देशहरुमा आफनै किसिमको विशेषता भएको विशेष सामाजिक सन्जालहरु पनि रहेका छन् । मौलिकता सहितको विशेष प्रकारको विशेषता भएको समाजिक सन्जाल भएमा विश्व भर छरिएर रहेका नेपाली समुदायले पनि आफनो नेपालीपन भएको सामाजिक सन्जालको कल्पना गरेको धेरै भई सकेको अवस्थामा अहिले आएर सपना विपनामा परिणत हुने संकेत देखा परेको छ ।
नेपालीहरुको लगानीमा अमेरिका बाट नेपाली विशेषता सहितको सामाजिक सन्जाल बजारमा आएको छ । खास गरी विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एकसुत्रमा बाँध्नका लागि यो सामाजिक सन्जालको प्रमुख उदेश्य रहेको कम्पनीले जनाएको छ । “कनेक्टिङ नेपाली” नाम दिइएको सो समाजिक सन्जाल अहिले विश्वभरीका नेपाली माँझ लोकप्रिय बन्दै गएको देखिन्छ ।
अमेरिकामा रहेको सुबिनपारा इन्फोटेक इन्कले निर्माण गरेको “कनेक्टिङ नेपाली” एपले विश्वभर छरिएर रहेका नेपालीलाई एक अर्का सँग प्रत्यक्ष रुपमा जोड्ने उद्देश्यका साथ कनेक्टिङ नेपाली एप उपलब्ध गराइएको हो । यसले विश्वभर रहेका नेपालीका बीचमा सहयोग आदानप्रदान गर्नुका साथै एक अर्कालाई भावनात्मक रुपमा जोड्ने काम समेत गर्ने कम्पनीले विश्वास लिएको छ ।
यस एपमा लग इन गर्न निकै सजिलो गरी बनाइएको छ । यदि तपाई जिमेल, फेसबकु, ट्विटरको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले अन्य नयाँ खाता खोल्नु नपर्ने गरी बनाइएको छ । त्यसैले नयाँ खाता खोल्न कुनै झण्झट छैन अथवा तपाई आफ्नो इमेललाई आइडी बनाएर पासवर्ड प्रयोग गरी नयाँ एकाउन्ट समेत बनाउन सकिन्छ ।
तपाई कनेक्टिङ नेपालीमा खाता खोली सके पछि प्रयोगकर्ताको प्रोफाइल बन्छ । प्रोफाइलमा प्रयोगको विस्तृत जानकारी सँगै आफुले चाहे जस्तो फोटो पनि राख्न सकिने व्यवस्था गरिएको छ । अहिले परिक्षणकालमा रहेको हुनाले कतिपय विशेषताहरु प्रयोगकर्ताको सल्लाह र सुझावमा पछि पनि थप गर्न सकिने कम्पनीले जनाएको छ ।
हाललाई “कनेक्टिङ नेपाली” एपमा मनी ट्रान्सफर फिचर प्रयोग गरी विश्वभर सुरक्षित तरिकाले पैसा पठाउन सकिन्छ । यसको न्यूज सेक्सनमा गएर विभिन्न तावा समाचार पढेर अपडेट हुन सकिन्छ । यसमा ग्रुप बनाएर च्याट गर्न वा अरु विभिन्न कार्य पनि गर्न सकिन्छ । गुगल प्लेस्टोर र आइओएस दुबैमा उपलब्ध यो एप्स निःशुल्क डाउनलोड गर्न सकिन्छ । कनेक्टिङ नेपाली हाललाई मोबाइल तथा पर्सनल कम्प्युटर दुवै प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्छ ।
कसरी प्रयोग गर्ने :
यदि तपाई मोबाइला प्रयोगकर्ता हो भने, तपाई कुन मोबाइल प्रयोग गर्नु हुन्छ त्यसमा भर पर्छ, यदि तपाई एन्डनोइड फोनको प्रयोगकर्ता हो भने गुगल प्ले स्टोरमा गएर कनेक्टिङ नेपाली टाइप गरेर सर्च गरी निःशुल्क डाउनलोड गर्न सकिन्छ । त्यस्तै यदि तपाई आई फोनको प्रयोगकर्ता हो भने, तपाई एपस्टोरमा गएर कनेक्टिङ नेपाली टाइप गरेर सर्च गरी निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
एक पटक तपाई कनेक्टिङ नेपाली डाउनलोड गरी सके पछि तपाईले एप्समा गएर आफनो खाता खोल्न सक्नु हुनेछ । त्यसको लागि यदि तपाई, फेसबुक, ट्विटर वा जिमेलको प्रयोगकर्ता हो भने अन्य नयाँ खाता नखोली सिधै सोही एकाउन्ट बाट एप्स भित्र लगइन गर्न सक्नु हुनेछ ।
एप्स भित्र लगइन गरी सके पछि तपाईले आफनो व्यक्तीगत विवरण फारम भरी सके पछि तपाईले नयाँ समुह बनाएर आफना साथीहरुलाई आमन्त्रण (इनभाइट) गरेर कुराकानी (च्याट) पनि गर्न सकिने सुविधा उपलब्ध छ ।
अन्य थुप्रै सुविधाहरु पनि रहेको जुन तपाईले लगइन गरी सके पछि अनुभव गर्न सक्नु हुनेछ । सबै भन्दा महत्वपूर्ण कुरा त नेपाली विशेषता भएको यो एप्सले हामी नेपालीलाई जोड्ने काम गर्ने छ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्