Logo
१२ बैशाख २०८१, बुधबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई आईसीसीको पत्रः नेदरल्याण्ड टुरको तयारी !

काठमाडौं । अन्तराष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय टोलीको युरोप भ्रमणको तयारी थालेको छ ।
नेपाल क्रिकेट संघ क्यानलाई निलक्बन गरेपछि नेपाली क्रिकेट आईसीसी आफैंले हेर्न थालेको छ । र, उसले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न निलम्बित क्यानकी कार्यकारी अधिकृत सीईओ भावना घिमिरेलाई निर्देशन दिएको छ ।
अनलाइनखबरमा उल्लेखित समाचार अनुसार आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सीईओ घिमिरेलाई दिइएको उल्लेख छ ।
आईसीसीले खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको छ । भारतका पूर्व खेलाडी राजु बैंकटपति सल्लाहकारको भूमिका रहने छन् ।
यसअघि काठमाडौंमा भएको नामिबियासँगको खेलमा पनि आईसीसीले यही प्रक्रिया अपनाएको थियो ।
नेदरल्याण्ड टुरका लागि आश्वयक रकम आईसीसीले नै उपलब्ध गराउनेछ । र, यो आईसीसीले नेपाल क्रिकेट संघ क्यानको रोक्का रकमबाट पनि हुन सक्ने पत्रमा उल्लेख गरिएको छ ।
आईसीसीले सन् २०१४ देखि नै नेपाललाई दिँदै आएको सहयोग रोकेको छ र, यो रकम ९ लाख डलर बढी छ ।
विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले साउन २९ र ३१ गते नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।
यसअघि नेपालले साउन ४ गते मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग लर्डसमा खेल्ने

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्