Logo
१३ बैशाख २०८१, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्म पाख्रिनका मुख्य सहयोगी थाइल्याण्डमा पक्राउ

काठमाडौं । थाइल्याण्डमा एक नेपाली एमफेटामाइनको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । नेपालको सिमरामा घर भएका टिकाराम भनिने बुद्धिमान तामाङ एमफेटामाइन कारोबारको आरोपमा पक्राउ परेका हुन् ।

म्यानमारबाट सात किलो एमफेटामाइन बोकेर आएका म्यानमारका दुई जनालाई थाइ प्रहरीले मंगलबार पक्राउ परेपछि उनीहरुले बुद्धिमानको नाम पोलेका थिए ।

पक्राउ परेका महिला र पुरुषले आफूहरुले एमफेटामाइन बुद्धिमानलाई दिन ल्याएको बयान दिएपछि थाइ प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थाइल्याण्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुद्धिमानले म्यानमारबाट मगाएको एमफेटामाइनको खास मालिक थाइल्याण्डमै बसेर लागुऔषधको अन्तर्राष्ट्रिय र्‍याकेट चलाइरहेका धर्म पाख्रिन भएको खुलेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्द भन्छन्, ‘धर्म पाख्रिनले सञ्चालन गरेका मान्छेहरुका बारेमा हामीले थाई प्रहरीलाई सूचना दिएका थियौं, त्यसैको आधारमा बुद्धिमान पक्राउ परेका हुन् ।’

चन्दका अनुसार बुद्धिमान नाताले पाख्रिनको भाइ पर्छन् । उनीहरु लामो समयदेखि थाइल्याण्डमा बसेर धर्मको मुख्य सहयोगीको रुपमा काम गरिरहेका छन् । डिआइजी चन्दले भने, ‘बुद्धिमान पक्राउ परेपछि धर्म पनि पक्राउ पर्न सक्छन्, त्यसको लागि हामी पनि चनाखो छौं ।’

तामाङ पक्राउबारे थाई सञ्चारमाध्यममा प्रकाशित समाचारको कटिङ्ग:

tamang

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्