Logo
७ बैशाख २०८१, शुक्रबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापा सातामा चार पटकसम्म पुग्छन पूर्व परराष्ट्रमन्त्री घर

kamal-vesh-522x335काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा सातामा दुई देखि चार पटकसम्म पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाको बानेश्वर हाईट स्थित निवास पुग्ने गर्छन । सरकारमा गएदेखि नै उनले यसलाई आफ्नो दिनचर्या बनाएका छन । पछिल्लो समयमा त अझै उनको जाई बाक्लै बन्न थालेको छ । अहिले उनी लगभग सातामा सातै दिन भेषबहादुरको घर पुग्ने गर्छन ।

परराष्ट्रमन्त्री र राजदुत समेत रहिसेका भेषबहादुर नेपालका प्रमुख परराष्ट्र विज्ञको सूचिमा पर्छन । पहिलो पटक परराष्ट्रमन्त्री बनेका थापा उनीसँग नेपालको परराष्ट्र सम्बन्धको विषयमा गुरुमन्त्र लिन जाने गरेको उनी निकटहरुले बताएा छन । परराष्ट्रमन्त्री थापाले भेषबहादुरसँग नियमित रुपमा नेपालको भारतसँगको विग्रिएको सम्बन्ध कसरी सुधार्ने, नेपालको चीनसहित ईयू, अमेरिका र जापानसँगको सम्बन्धलाई कसरी अझै घनिष्ठ बनाउने जस्ता विषयमा सल्लाह लिने गरेको छ ।

पछिल्लो समयमा नेपाल भारत विज्ञ समूहको पहिलो बैठक बस्न लागेको बेलामा भने पराष्ट्रमन्त्रीको आउजाउ झनै बाक्लिएको छ । उनी यतिबेला नेपाल भारत सम्बन्धलाई सहज बनाउनुका साथै नेपाल र भारतवीच रहेका कैयौ मुद्दाहरुलाई कसरी समाधानको बाटोमा अघि बढाउने भन्ने विषयमा छलफल गर्नमा ब्यस्तछ । विज्ञसमूहको तर्फबाट नेपाली प्रस्ताव तयार हुने विन्दुमा रहेको बेला कमल थापाले एजेण्डालाई अन्तिम रुप दिन भेषबहादुर थापासँगको भेटघाटलाई बाक्लो बनाएका हुन ।

ऋषि धमलासँग कुरा गर्दै भेषबहादुर थापाले विज्ञसमूहको बैठकले नेपाल भारत सम्बन्धको यात्रामा नयाँ गोरेटो कोर्ने विश्वास ब्यक्त गरे । उनले नेपाल र भारतवीच पहिलादेखि नै थाति रहेका सबै विवादित विषयहरुमा बैठकमा छलफल हुने भन्दै बैठकले नेपाल भारत सम्बन्धमा नयाँ आयाम थप्ने दावी गरे । थापाले भने,‘ अहिले बैठकको ऐजेण्डा तय गर्ने गृहकार्यमै छु । त्यसैले सबैपक्षसँगको भेटवार्तामा ब्यस्त छु । यो बैठकले दुई मुलुकको सम्बन्धलाई नयाँ शिराबाट समिक्षा गर्छ ।’ उनले बैठकमा सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्रि सन्धी सहित सबै विषयलाई टुङग्याउने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्