Logo
१३ बैशाख २०८१, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी कर्मचारी मञ्चका अध्यक्ष सिँह र महासचिव महतोलाई कारवाही तयारी

binod_singh_bechan_mahatoकाठमाडौं । नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष विनोदकुमार सिँह र सोही संस्थाका महासचिव बेचन महतोलाई विभागीय कार्वाही पक्रिया थालिएको समाचार प्राप्त भएको छ । सरकारी निजामती कर्मचारी भएर प्रत्यक्ष रुपमा राजनीतिमा भाग लिएको भन्दै उनलाई कारवाही पक्रिया थालिएको समाचार श्रोतले बताए ।

श्रोतले भन्यो, निजामती कर्मचारीले राजनीतिमा भाग लिन नहुने, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न नहुने लगायतका निजामती सेवा ऐन २०४९ को प्रावधानविपरीत काम गरेकाले उनीहरुमाथि विभागीय कार्वाही हुने भएको हो ।

नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीका सहायक वन अधिकृत विनोदकुमार सिँह हाल सामान्य प्रशासन मन्त्रालयमा काजमा रहेका छन् भने राजपत्राङ्कित तृतीय श्रेणीका सहायक भूसंरक्षण अधिकृत बेचन महतो जिल्ला भूसंरक्षण कार्यालय महतोत्तरीका गत दुई वर्षयता प्रमुख रहँदैआएका छन् ।

महासचिव बेचन महतोले निजामती सेवा ऐनविपरीत कार्यालय प्रमुखको जिम्मेवारीमा हुँदाहुँदै ट्रेडयूनियनको सदस्यता लिएको र पदीय जिम्मेवारीमा रहेको भन्दै अख्तियारको दुरुपयोग गरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत आरम्भ गरेको बताइएको छ ।

महासचिव बेचन महतोले निजामती सेवा ऐनविपरीत कार्यालय प्रमुखको जिम्मेवारीमा हुँदाहुँदै ट्रेडयूनियनको सदस्यता लिएको र पदीय जिम्मेवारीमा रहेको भन्दै अख्तियारको दुरुपयोग गरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत आरम्भ गरेको सुत्रहरुको भनाइ छ ।

मञ्चका अध्यक्ष विनोदकुमार सिँह र महासचिव बेचन महतो तराई मधेश लोकतान्त्रिक पार्टीसँग आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रियतापूर्वक सहभागी हुँदैआएका छन् । उनीहरुमध्ये अध्यक्ष सिँह तमलोपाको नवलपरासी महाधिवेशनमा बन्दसत्रमा सहभागी भएर नेतृत्व चयनका सबै प्रक्रियामा सहभागी भएका थिए ।

उनले तमलोपा महाधिवेशनमा छद्म नाउँले महाधिवेशन प्रतिनिधिसमेत रहँदै उम्मेदवारहरुका पक्षमा लविङ गरेका थिए । तमलोपाले प्रकाशन गरेको मतदाता नामावलीमा मञ्चसम्बद्ध प्रतिनिधि पदाधिकारीहरुको नाउँ अर्के लेखिएर मतदान गर्ने व्यवस्था मिलाइएको तमलोपाका एकजना नेताले बताएका छन् ।

तमलोपाले नेपाल मधेशी निजामती कर्मचारी मञ्चलाई आफ्नो भातृसंस्थाको रुपमा उल्लेख गर्दैआएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चानिकट भनिए पनि अध्यक्ष सिँह र महासचिव महतोले मञ्चलाई तमलोपाकै भातृसंस्थाको रुपमा उपयोग गर्दैआएका छन् ।

यसबाट असन्तुष्ट मोर्चाका घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतोलगायतका विभिन्न दलहरुका अध्यक्षले ट्रेड यूनियनको आधिकारिक निर्वाचनमा मञ्चको पक्षमा औपचारिकरुपमा खुलेका थिएनन ।  सदभावनाका एकजना पदाधिकारीले भने,–‘मञ्चमा सबै मधेशवादी कर्मचारी छन् । तर अध्यक्ष सिँह र महासचिव महतोले फटयाइँ गर्दै यसलाई तमलोपाकै भातृसंस्था बनाएका छन् ।

आधिकारिक ट्रेड यूनियनको चुनावमा हामीले बाध्यतावश मधेशी सेन्टीमेन्टको नाउँमा मञ्चको पक्षमा बोल्यौं । तर अब अध्यक्ष सिँह र महासचिव महतोको क्रियाकलापको निर्मम समीक्षा गरिनेछ ।’ भन्दै संचारक नेपालमा समाचार उल्लेख छ ।  अध्यक्ष सिँह र महासचिव महतो तमलोपाको झण्डा लिएर विभिन्न राजनीतिक रैलीहरुमा सहभागी हुँदैआएका छन् ।

सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणी शर्माले कर्मचारीले राजनीतिक गतिविधि गर्नु दण्डनीय भएको बताए । उनले यस्तो गरेको ठहर भएपछि विभागीय कार्वाही हुने पनि उल्लेख गरे ।

nijamati_karmachari_act_politicalactivities_prohibitted

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्